२०८३ कार्तिक १२ गते बुधबार

बागबजारमा तुफानी पिज्जाको नयाँ शाखा, बिहीबारदेखि खुल्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १७
tufani_pizza

काठमाडौं। नेपाली स्वादलाई आधुनिक फास्टफुडसँग संयोजन गर्दै आएको तुफानी पिज्जाले आफ्नो दोस्रो शाखा राजधानीको बागबजारस्थित सल्यानी हाउसमा विस्तार गर्ने भएको छ। कम्पनीका अनुसार नयाँ शाखाबाट असार १८ गतेदेखि नियमित सेवा सुरु हुनेछ।

गत २०८२ साल माघ २८ गते नयाँ बानेश्वरबाट सेवा प्रारम्भ गरेको तुफानी पिज्जाले छोटो अवधिमै ग्राहकको राम्रो विश्वास जित्दै शाखा विस्तार गर्न सफल भएको जनाएको छ। कम्पनीले नेपाली स्वादलाई प्राथमिकतामा राखी गुणस्तरीय परिकार सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको जनाएको छ।

विशेषगरी कार्यालयमा कार्यरत कर्मचारी तथा युवापुस्तामाझ दैनिक खाजाको रोजाइको ब्रान्डका रूपमा तुफानी पिज्जा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ।

तुफानी पिज्जाले सेन्टर किचन र सेन्टर स्टोरको अवधारणासहित आफ्नो सेवा विस्तारलाई व्यवस्थित र प्रभावकारी बनाएको जनाएको छ। नयाँ शाखाबाट पिज्जाका साथै तुफानी फ्राइड चिकेन, र्‍याप, फ्राइड राइस लगायतका अन्य परिकारहरु साथै अर्गानिक कफी तथा विभिन्न प्रकारका फ्रेस जुस उपलब्ध हुनेछन्।

http://५० लाख लगानीमा नयाँबानेश्वरमा ‘तुफानी पिज्जा’, अनलाइनबाट पनि ‘अर्डर’ गर्न सकिने

कम्पनीका सञ्चालक माधव नेपालका अनुसार ग्राहकलाई गुणस्तरीय परिकार, छिटो सेवा र सुपथ मूल्यमा उपलब्ध गराउनु कम्पनीको मुख्य उद्देश्य हो। “हामी नेपाली स्वादलाई आधुनिक प्रस्तुतीकरणका साथ देशभर पुर्‍याउने लक्ष्यमा छौं”उनले भने।

तुफानी पिज्जामा चार्टर्ड एकाउन्टेन्ट टीका कार्की, रेस्टुरेन्ट व्यवसायमा १५ वर्षभन्दा बढी अनुभव भएका माधव नेपाल र मनमोहन रिमाललगायतको संयुक्त लगानी रहेको छ।

सञ्चालक कार्कीका अनुसार बागबजारस्थित सल्यानी हाउसमा पर्याप्त पार्किङ सुविधा भएकाले ग्राहकलाई सहज पहुँच हुनेछ। साथै कम्पनीले आफ्ना परिकारहरू शाखाबाट प्रत्यक्ष सेवा दिनुका साथै फुडमाण्डु, पठाओ र आफ्नै वेबसाइट तथा सामाजिक सञ्जालमार्फत पनि उपलब्ध गराउने जनाएको छ।

नयाँ शाखा सञ्चालनको अवसरमा असार १८ गतेदेखि असार मसान्तसम्म विभिन्न आकर्षक छुट तथा विशेष अफर पनि ल्याइने कम्पनीले जनाएको छ।

नेपालमै रोजगारी सिर्जना गर्दै स्वदेशी ब्रान्डलाई चेन रेस्टुरेन्टका रूपमा विकास गर्ने लक्ष्यसहित तुफानी पिज्जाले आगामी दिनमा फ्रेन्चाइज मोडलमार्फत देशका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना समेत बनाएको छ।

हाल यही व्यवस्थापन समूहले नेपालका विभिन्न १३ स्थानमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ।

 

प्रकाशित: २०८३ असार १७ गते बुधबार ०१:४०
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना