२०८३ कार्तिक २२ गते शनिवार

सेबोनलाई ब्रोकरहरूको १३ बुँदे सुझावः अग्रिम कोल्याटरल रकम अनिवार्य नगर्नेदेखि स्वतः इडीआईएससम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १८
New Project – 2026-07-02T131518.950

काठमाडौँः स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसमक्ष पुँजी बजार सुधारका लागि १३ बुँदे सुझाव पेश गरेको छ।

एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अध्यक्ष भट्टसँग शिष्टाचार भेट गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै बजार सुधारसँग सम्बन्धित विभिन्न नीतिगत सुझाव बुझाएको हो।

एसोसिएसनले सेयर कारोबार गर्दा लगानीकर्ताबाट ब्रोकर कम्पनीहरूले अनिवार्य रूपमा २५ प्रतिशत अग्रिम कोल्याटरल रकम लिनुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै त्यसलाई परिमार्जन गर्न माग गरेको छ। संघले ब्रोकर कम्पनीलाई आफ्नो व्यावसायिक मूल्यांकनका आधारमा अग्रिम रकम लिने वा नलिने निर्णय गर्ने अधिकार दिनुपर्ने सुझाव दिएको छ।

त्यस्तै, लगानीकर्ताले सेयर बिक्री गरेपछि स्वतः इडिस (इलेक्ट्रोनिक डेलिभरी इन्स्ट्रक्सन स्लिप) हुने व्यवस्था तत्काल लागू गर्न सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिन सेबोनसँग आग्रह गरिएको छ।

एसोसिएसनले गैरआवासीय नेपालीलाई प्रत्यक्ष रूपमा दोस्रो बजारमा लगानी गर्न पाउने व्यवस्था छिट्टै लागू गर्न तथा विदेशी संस्थागत लगानीकर्तालाई पनि दोस्रो बजारमा लगानी गर्न कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।

त्यसैगरी, ब्रोकर कम्पनीहरूको राफसाफ तथा फछ्र्योटका लागि प्रयोग हुने बैंक खाता अनुसन्धानका क्रममा रोक्का हुँदा लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले त्यस्ता खाता रोक्का नहुने व्यवस्था गर्न पहल गर्न पनि सेबोनसँग आग्रह गरिएको छ।

संघले नेपाल बैंकर्स संघसँग समन्वय गरी ब्रोकर कम्पनीलाई राजनीतिक रूपमा संवेदनशील व्यक्तिको सूची (पीईपी सूची) उपलब्ध गराउने व्यवस्था मिलाउन, सेयर धितो कर्जासम्बन्धी सीमामा पुनरवलोकन गर्न तथा बैंक तथा वित्तीय संस्थासहित नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषलाई दोस्रो बजारमा थप सहज रूपमा लगानी गर्न सक्ने वातावरण बनाउन पनि सुझाव दिएको छ।

यस्तै, लगानीकर्ताले आवश्यकताअनुसार दुईभन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्था गर्न, तोकिएको चुक्ता पुँजी कायम गरिसकेका ब्रोकर कम्पनीलाई नयाँ सेवा सञ्चालनको स्वीकृति तत्काल दिन तथा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ, स्टक ब्रोकर एसोसिएसन, मर्चेन्ट बैंकर्स एसोसिएसन र निजी इक्विटी तथा भेन्चर क्यापिटल संस्थाहरूको सहभागितामा ’क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्न पनि संघले माग गरेको छ।

संघले गैरआवासीय नेपालीका लागि राष्ट्रिय परिचयपत्रको विकल्पबाट ’केवाइसी’ प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गर्नुपर्ने, नेपाल सरकारले जारी गर्ने विकास ऋणपत्र, बचतपत्र, नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रलाई ’मेरो सेयर’ प्रणालीमार्फत अभौतिक रूपमा सार्वजनिक निष्कासन गरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरेर दोस्रो बजारमा कारोबार गर्न मिल्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएको छ।

यसैगरी, अनलाइनमार्फत केवाइसी भर्ने प्रणालीलाई थप स्पष्ट, एकरूप र व्यवहारिक बनाउन तथा राष्ट्रिय परिचयपत्र प्रणालीलाई धितोपत्र व्यवसायीले प्रयोग गर्ने प्रणालीसँग एकीकृत (इन्टिग्रेसन) गर्न आवश्यक सहजीकरण गरिनुपर्ने माग पनि संघले गरेको छ।

प्रकाशित: २०८३ असार १८ गते बिहिबार ०१:१५
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना