काठमाडौँः माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको प्रारम्भिक निष्कासन (आईपीओ) आज शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले असार ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्काशन गरेको थियो। यस निष्काशनमा २८ लाख ६२ हजार ९ सय ९ जनाले आवेदन दिएका थिए । जस मध्ये २८ लाख १५ हजार ६ सय ७९ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जसमा १ लाख ४२ हजार ७ सय ६० जनाले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।


