२०८३ साउन १३ गते बुधबार

राष्ट्रिय वाणिज्य बैंकमा जागिरको अवसर, साउन ८ सम्म आवेदन दिन सकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १९
rastria banijya bank

काठमाडौँः सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतियोगितामार्फत स्थायी पदपूर्तिका लागि विभिन्न तहका कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ। बैंकले शुक्रबार सूचना जारी गर्दै तह ५ देखि तह ९ सम्मका विभिन्न पदमा योग्य नेपाली नागरिकबाट अनलाइन आवेदन आह्वान गरेको हो।

बैंकका अनुसार वरिष्ठ प्रबन्धक (तह ९), प्रबन्धक (तह ८), उपप्रबन्धक (तह ७) तथा प्रशासन, कानुन, सूचना प्रविधि (आईटी), लेखा, कृषि र इन्जिनियरिङ समूहका सहायक प्रबन्धक (तह ६) पदमा कर्मचारी नियुक्ति गरिनेछ। त्यसैगरी, सातै प्रदेशका कार्यालयका लागि प्रशासन, कानुन, नगद तथा सूचना प्रविधि समूहअन्तर्गत वरिष्ठ सहायक (तह ५) पदमा पनि उल्लेख्य संख्यामा कर्मचारी माग गरिएको छ।

आवेदन दिने उम्मेदवारले सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ। पदअनुसार आवश्यक योग्यता र अनुभवको विस्तृत विवरण बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।

उमेरको हकमा अधिकृत स्तर (तह ६ देखि ९) का लागि न्यूनतम २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा सहायक स्तर (तह ५) का लागि न्यूनतम १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेदवारका लागि अधिकतम उमेर सीमा ४० वर्षसम्म कायम गरिएको छ। बैंकमा कार्यरत कर्मचारीका हकमा भने उमेरको सीमा लागू हुने छैन।

इच्छुक उम्मेदवारले राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले २१ दिन अर्थात् साउन ८ गतेसम्म तोकिएको छ। तोकिएको समयभित्र आवेदन दिन नसकेका उम्मेदवारले थप सात दिनसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

बैंकले परीक्षा शुल्क मोबाइल बैंकिङ तथा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने जनाएको छ। उम्मेदवारको छनोट लिखित परीक्षा, आवश्यकताअनुसार प्रस्तुतीकरण तथा अन्तर्वार्ताको आधारमा गरिनेछ।

लिखित परीक्षाको मिति, परीक्षा केन्द्र र विस्तृत पाठ्यक्रम बैंकको आधिकारिक वेबसाइटमार्फत पछि सार्वजनिक गरिने बैंकले जनाएको छ। थप जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयस्थित मानव संसाधन विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: २०८३ असार १९ गते शुक्रबार १२:०५
प्रतिक्रिया

थप समाचार

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...

तरलता प्रशोचनवापत राष्ट्र बैंकले तिर्‍यो २१ अर्ब बढी ब्याज, अधिक तरलता व्यवस्थापनमै ठूलो खर्च

गत आर्थिक वर्षमा निक्षेप संकलन बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थालाई १३ अर्ब ३० करोड ७९ लाख ५० हजार १७३ रुपैयाँ ब्याज भुक्तानी गरिएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ खिच्दै

काठमाडौँः बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ उठाउने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत २ महिनाका लागि उक्त रकम बोलकबोल...

घर बनाउँदै हुनुहुन्छ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

काठमाडौँ: घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवर्द्धन गरेको छ। बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा...

चालू वर्षमा पनि बैंकहरूले ‘क्यापिटल बफर’का लागि थप पुँजी राख्नु नपर्ने!

बैंकहरुले काउन्टर साइक्लिकल बफर (सीसीबी) का लागि थप पुँजी छुट्याउन नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि यससम्बन्धी अन्तिम निर्णय गर्ने...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना