२०८३ साउन १३ गते बुधबार

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सरकारलाई दुई पूर्वगभर्नरको सुझाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २१
photo-41_ba458b35

काठमाडौँ: नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र दीपेन्द्रबहादुर क्षेत्रीले आगामी मौद्रिक नीति तयार गर्दा राष्ट्र बैंकको स्वायत्तता कायम राख्दै आर्थिक गतिविधि चलायमान बनाउने नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा पूर्वगभर्नर अधिकारीले राष्ट्र बैंक जति स्वतन्त्र र स्वायत्त हुन्छ, त्यति नै अर्थ मन्त्रालयलाई पनि सहज हुने बताए।

उनले भने,‘राष्ट्र बैंक जति स्वायत्त भयो, जति स्वतन्त्र रूपमा उसले मौद्रिक नीति तयार पार्छ, त्यति नै अर्थ मन्त्रालयलाई सहज हुन्छ। अर्थ मन्त्रालयले निर्देशन दिने र राष्ट्र बैंकले पालना नगर्ने अवस्था आउनु हुँदैन। सकभर निर्देशनभन्दा मार्गनिर्देशनका रूपमा सुझाव दिइनुपर्छ।’

उनले अहिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र रेमिट्यान्सको राम्रो अवस्था रहे पनि त्यसकै आधारमा सबै नीतिगत व्यवस्था हटाउन नहुने बताए।

‘अहिले सबैतिर सहज छ, पैसाको खाँचो छैन, तरलता प्रशस्त छ, रेमिट्यान्स पनि आइरहेको छ भन्दैमा सहजताको नाममा नीतिहरू हटाउनु हुँदैन,’ उनले भने।

अधिकारीले पर्याप्त तरलता र कम ब्याजदर हुँदाहुँदै पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको उल्लेख गरे। ‘समग्र आर्थिक गतिविधिको अवस्था अनौठो छ। ब्याजदर निकै तल झरेको छ, तर पनि कर्जाको माग घटिरहेको छ। यसको पछाडि निश्चित कारण छन्। अनलाइन सपिङलगायतका नयाँ प्रवृत्तिले पनि यसको असर पारेका छन्,’ उनले भने।

उनले मौद्रिक नीति अत्यन्त प्राविधिक र अनुमानयोग्य विषय भएको भन्दै देशको आन्तरिक तथा बाह्य आर्थिक अवस्थाले नै यसको दिशा तय गर्ने बताए।

‘हाल आर्थिक सूचकहरू बलिया भएकाले केन्द्रीय बैंकले बैंकदर, नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कसिलो बनाउने अवस्था देखिँदैन,’ उनले भने।

त्यसैगरी, नेपाल राष्ट्र बैंकका अर्का पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वित्त नीति सरकारको जिम्मेवारी भए पनि ब्याजदर र विनिमय दर निर्धारण गर्ने अधिकार राष्ट्र बैंककै रहेको बताए।

‘वित्त नीति सरकारको क्षेत्र हो भने ब्याजदर र विनिमय दर तय गर्ने विशेष अधिकार राष्ट्र बैंकको हो। तर सरकारले हस्तक्षेप गर्दा बैंकको स्वायत्ततामा असर परिरहेको छ,’ उनले भने।

क्षेत्रीले ऋण तिर्न नसक्दा केही महिलाहरू अमर्यादित पेसा अपनाउन बाध्य भएका घटनासमेत देखिएको उल्लेख गर्दै त्यसतर्फ मौद्रिक नीतिले संवेदनशील ढंगले सम्बोधन गर्नुपर्ने बताए।

सहकारी क्षेत्रको नियमनमा पनि राष्ट्र बैंकको भूमिका स्पष्ट हुनुपर्नेमा जोड दिँदै उनले नेपालको वैदेशिक मुद्रा सञ्चिति बलियो देखिनुको प्रमुख आधार रेमिट्यान्स रहेको बताए।

प्रकाशित: २०८३ असार २१ गते आईतबार ०५:५१
प्रतिक्रिया

थप समाचार

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...

तरलता प्रशोचनवापत राष्ट्र बैंकले तिर्‍यो २१ अर्ब बढी ब्याज, अधिक तरलता व्यवस्थापनमै ठूलो खर्च

गत आर्थिक वर्षमा निक्षेप संकलन बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थालाई १३ अर्ब ३० करोड ७९ लाख ५० हजार १७३ रुपैयाँ ब्याज भुक्तानी गरिएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ खिच्दै

काठमाडौँः बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ उठाउने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत २ महिनाका लागि उक्त रकम बोलकबोल...

घर बनाउँदै हुनुहुन्छ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

काठमाडौँ: घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवर्द्धन गरेको छ। बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा...

चालू वर्षमा पनि बैंकहरूले ‘क्यापिटल बफर’का लागि थप पुँजी राख्नु नपर्ने!

बैंकहरुले काउन्टर साइक्लिकल बफर (सीसीबी) का लागि थप पुँजी छुट्याउन नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि यससम्बन्धी अन्तिम निर्णय गर्ने...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना