काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्।
चापागाईंले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा पत्र बुझाएका हुन्। उनले व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको बताएका छन्।
चापागाईं २०८१ साल चैत १९ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। उनको राजीनामापछि नेप्सेको नेतृत्व र आगामी व्यवस्थापनबारे अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
हालसम्म अर्थ मन्त्रालयले उनको राजीनामा स्वीकृत भएको वा नयाँ सीईओ नियुक्तिसम्बन्धी कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।


