२०८३ कार्तिक २३ गते आईतबार

पूँजी बजारमैत्री मौद्रिक नीति ल्याउन गभर्नरलाई लगानीकर्ता संघको पाँचबुँदे सुझाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २२
New Project – 2026-07-06T145737.450

काठमाडौँः नेपाल पूँजीबजार लगानीकर्ता संघले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजी बजार, निजी लगानी र उत्पादनमूलक क्षेत्रबीच सन्तुलन कायम गर्ने गरी ल्याउन नेपाल राष्ट्र बैंकसमक्ष पाँचबुँदे नीतिगत सुझाव पेश गरेको छ।

संघले गभर्नरलाई सम्बोधन गर्दै पठाएको सुझावपत्रमा मौद्रिक नीति मुद्रास्फीति नियन्त्रणमा मात्र सीमित नरही उत्पादन, रोजगारी, निजी लगानी र पूँजी बजारलाई प्रवद्र्धन गर्ने दिशामा केन्द्रित हुनुपर्ने उल्लेख गरेको छ। बैंकिङ प्रणालीमा तरलता सुधार हुँदै गएको, ब्याजदर घट्दो क्रममा रहेको र निजी क्षेत्रको लगानी विस्तार आवश्यक रहेको वर्तमान अवस्थामा लगानीयोग्य पूँजी पलायन हुन नदिन र लगानीको वातावरण सहज बनाउनुपर्नेमा संघले जोड दिएको छ।

संघले पूँजी बजारलाई लाखौं नागरिकको बचतलाई उद्योग, ऊर्जा, पूर्वाधार, पर्यटन, बैंकिङ, बीमा तथा उत्पादनशील क्षेत्रमा परिचालन गर्ने रणनीतिक वित्तीय पूर्वाधारका रूपमा व्याख्या गर्दै यसलाई अर्थतन्त्रको प्राथमिक क्षेत्रका रूपमा नीतिगत मान्यता दिन आग्रह गरेको छ। पूँजी बजार बलियो हुँदा उद्योगहरू बैंक ऋणमा मात्र निर्भर रहनुपर्ने अवस्था अन्त्य हुने र वित्तीय प्रणाली थप सन्तुलित बन्ने संघको भनाइ छ।

संघले सेयर धितो कर्जासम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्न पनि सुझाव दिएको छ। हाल १८० दिनको वेटेड एभरेज मूल्यको ७० प्रतिशतसम्म रहेको सेयर धितो कर्जाको सीमा बढाएर ८० प्रतिशत पु¥याउनुपर्ने तथा कम्पनीको वित्तीय अवस्थाअनुसार फरक–फरक धितो अनुपात निर्धारण गर्ने व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ। साथै गुणस्तरीय सूचीकृत कम्पनीको सेयर धितोमा जोखिममा आधारित प्रणाली अपनाई मार्जिन कर्जालाई थप लचिलो बनाउनुपर्ने सुझाव पनि दिइएको छ।

त्यसैगरी बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, म्युचुअल फन्ड, पेन्सन फन्डलगायत संस्थागत लगानीकर्तालाई नियामकीय सीमाभित्र रही दीर्घकालीन लगानी विस्तार गर्न सहजीकरण गर्नुपर्ने संघको माग छ। बैंक तथा वित्तीय संस्थालाई पूँजी बजारमा लगानीसम्बन्धी थप स्वतन्त्रता दिँदै कोर क्यापिटलको ३० प्रतिशतको सिलिङ बढाउनुपर्ने सुझाव पनि संघले दिएको छ।

संघले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिबाट लघुवित्त वित्तीय संस्थामा लगाइएका अव्यावहारिक बन्देज हटाउन पनि आग्रह गरेको छ। लाभांश वितरणमा लगाइएका सीमाहरू हटाई पूँजी कम भएका तथा क्यापिटल एडुकेसी रेसियोको दबाबमा रहेका संस्थालाई आवश्यकता र औचित्यका आधारमा पूँजी वृद्धि तथा हकप्रद सेयर निष्काशनका लागि सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, विश्वभर रहेका गैरआवासीय नेपाली (एनआरएन) लाई नेपाली पूँजी बजारमा आकर्षित गर्न स्पष्ट नीतिगत व्यवस्था गर्न पनि संघले आग्रह गरेको छ। एनआरएनलाई अनलाइनमार्फत डिम्याट खाता तथा कारोबार पहुँच, लगानी फिर्ताको सुनिश्चितता, लाभांश प्राप्ति र कर सहजीकरणको व्यवस्था गर्नुपर्ने सुझाव पत्रमा उल्लेख छ।

संघले आगामी मौद्रिक नीति २०८३/८४ लाई स्थायित्व, उत्पादन, लगानी, नवप्रवर्तन र पूँजी बजारबीच सन्तुलन कायम गर्ने ऐतिहासिक नीतिका रूपमा विकास गर्न आफ्ना सुझावलाई प्राथमिकताका साथ समावेश गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ।

प्रकाशित: २०८३ असार २२ गते सोमबार ०३:०८
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना