काठमाडौँः साताको पहिलो कारोबार दिन (सोमबार)नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक २६.२९ अंक घटेर २ हजार ६२७.११ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँबराबरको ७५ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स, सानिगाड हाइड्रो र कालंगा हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक १३.७९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ शीर्ष स्थानमा रहेको छ। उक्त डिबेञ्चरको मात्र ५३ करोड ९४ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ।


