२०८३ साउन ११ गते सोमबार

तेह्रथुम पावरले न्यादी फिदी जलविद्युत आयोजनाको एक लाख कित्ता सेयर किन्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २३
photo_5678e88a

काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङमा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीले सो आयोजनाको प्रवद्र्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको एक लाख कित्ता संस्थापक सेयर खरिद गर्न लागेको हो।

यही असार १७ गते बसेको तेह्रथुम पावर कम्पनीको ६७औं सञ्चालक समिति बैठकले उक्त आयोजनामा लगानी गर्ने औपचारिक निर्णय गरेको हो। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पत्र लेख्दै यस लगानीबारे जानकारी गराएको छ।

कम्पनीले आफ्नो आठौं वार्षिक साधारण सभाबाट प्राप्त सहमति र प्रबन्ध पत्रको व्यवस्था बमोजिम बैंक खातामा रहेको लगानी योग्य मौज्दात रकमबाट यो सेयर खरिद गर्न लागेको जनाएको छ। जसअनुसार नर्थ समिट हाइड्रोको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ लाख कित्ता सेयर खरिद गरिनेछ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका (साबिकको बाहुनडाँडा र भुलभुले) मा निर्माणाधीन न्यादी फिदी जलविद्युत आयोजनाको निर्माण कार्य सन्तोषजनक रूपमा अगाडि बढेको र बजेटको हिसाबले पनि आयोजना आकर्षक देखिएकाले लगानी गर्ने निर्णय लिइएको कम्पनीको भनाइ छ।

विद्युत् विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको यस आयोजनाले सन् २०२३ को नोभेम्बर सम्ममा व्यावसायिक उत्पादन सुरु गर्ने योजना राखेको छ।

प्रकाशित: २०८३ असार २३ गते मङ्गलबार ११:२९
प्रतिक्रिया

थप समाचार

साताको सेयर बजारः ५ दिनमा नेप्से ५७ अंक बढ्दा कारोबार २७ अर्ब नाघ्यो

गत साता एक दिन मात्रै बजार घटेको छ भने चार दिन नेप्से परिसूचक वृद्धि भएको छ। बजारमा देखिएको निरन्तरको वृद्धिसँगै कारोबार रकम पनि उल्लेख्य देखिएको छ।

बिहिबार १४.१७ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्बमा सीमित

काठमाडौँः साताकाे चाैथाे काराेबार दिन बिहिबार (आज) सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१७ अंकले बढेर २ हजार ७२६.७२ को विन्दुमा बन्द भएको छ। आज कारोबारमा...

६ दिनपछि नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँः लगातार ६ कारोबार दिनसम्म बढेको सेयर बजारमा बुधबार नेप्से परिसूचकमा सामान्य करेक्सन देखिएको छ। छोटो अवधिमा बजारमा आएको तीव्र वृद्धिपछि बिक्री चाप बढ्दा नेप्से घटे पनि कारोबार रकम...

सामान्य अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको कारोबार

काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्स) परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ७.२५ अंक बढेर २ हजार ७२६.४९ विन्दुमा पुगेको छ। नेप्सेसँगै...

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका: प्रधानमन्त्री शाह

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार पुँजी...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना