काठमाडौँः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिना (वैशाख)सम्ममा बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न विभिन्न उपकरणमार्फत ७ खर्ब २८ अर्ब ६० करोड रुपैयाँ प्रशोचन गरेको छ।
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यो अवधिमा ४ दिनदेखि १७५ दिनसम्मको निक्षेप संकलन बोलकबोल ७१ पटक, स्थायी निक्षेप सुविधा ११७ पटक र १ वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र ९ पटक निष्काशन गरी तरलता खिचिएको जानकारी दिएको हो।
२०८३ वैशाख मसान्तसम्ममा निक्षेप संकलन बोलकबोलमार्फत ४ खर्ब १६ अर्ब ७० करोड, स्थायी निक्षेप सुविधामार्फत १ खर्ब ११ अर्ब ९० करोड र राष्ट्र बैंक ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ गरी कुल ७ खर्ब २८ अर्ब ६० करोड रुपैयाँ बजारबाट खिचिएको बक्यौता रहेको छ।
हाल बैंकिङ प्रणालीमा ११ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ।


