काठमाडौँः नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै मौद्रिक नीति नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने जनाएको हो।
राष्ट्र बैंकका अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम आज (असार २३ गते) अपराह्न ३ः४० बजे सुरु हुनेछ। उक्त कार्यक्रम नेपाल टेलिभिजनका साथै राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ।
मौद्रिक नीतिमार्फत आगामी आर्थिक वर्षका लागि मुद्रा आपूर्ति, कर्जा विस्तार, ब्याजदर, बैंकिङ नियमन तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत व्यवस्थाहरू सार्वजनिक गरिने अपेक्षा गरिएको छ।


