काठमाडौँ: आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक भएको छ। गभर्नर विश्वनाथ पौडेलले मंगलबार दिउँसो मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
मौद्रिक नीतिले आगामी आवमा ५.५ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि हुने अर्थात् त्योभन्दा बढी महँगी हुन नदिने लक्ष्य लिएको छ।
यस्तै कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिइएको छ।
७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न आवश्यक मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गर्ने जानकारी गभर्नर पौडेलले दिए।


