काठमाडौँ: सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल थप ५ दिन हिरासतमै रहने भएका छन्। बुधबार विशेष अदालतले उनीविरुद्ध चौथोपटक म्याद थप गरेको हो।
न्यायाधीश विदुर कोइराला र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले पौडेललाई हिरासतमा राख्न अनुमति दिएको हो।
आदेश बमोजिम पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको छ।



