२०८३ साउन १२ गते मङ्गलबार

बैंकको वर्गीकरण पुनरावलोकन हुँदै, क्षेत्रगत लगानी केन्द्रित बनाउन लागिएको हो?

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, असार २५
nrb2

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको हालको वर्गीकरणको पुनरावलोकन गर्ने तयारी अघि बढाएको छ। पुँजी संरचना, व्यवसायको प्रकृति र लगानीको क्षेत्रका आधारमा बैंक तथा वित्तीय संस्थालाई थप विशिष्ठ बनाउँदै क्षेत्रगत लगानीलाई प्रोत्साहनको नीति राष्ट्र बैंकले लिएको छ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३–०८४ को मौद्रिक नीतिमा पनि बैंक तथा वित्तीय संस्थाको वर्गीकरण पुनरावलोकन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। यो विषय पहिलो पटक चालू आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिमा समावेश गरिएको थियो। मौद्रिक नीतिको वार्षिक समीक्षामा पनि यससम्बन्धी अध्ययन जारी रहेको उल्लेख गरिएको छ।

यद्यपि, वर्गीकरण कस्तो आधारमा गरिने भन्ने विषय अझै स्पष्ट नभएकाले बैंकिङ क्षेत्रमा चासो बढेको छ। हाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ‘क’, विकास बैंकलाई ‘ख’, वित्त कम्पनीलाई ‘ग’ र लघुवित्तलाई ‘घ’ वर्गमा वर्गीकरण गर्दै आएको छ। तर, व्यवहारमा अधिकांश बैंक तथा वित्तीय संस्थाको व्यवसायिक प्रकृति लगभग उस्तै बन्दै गएकाले अहिलेको वर्गीकरणले अपेक्षित उद्देश्य पूरा गर्न नसकेको निष्कर्ष राष्ट्र बैंकको छ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङका अनुसार अहिले मौद्रिक नीतिमा बैंकहरुको वर्गीकरण गर्ने विषय उल्लेख भए पनि यसको स्वरूपबारे स्पष्ट जानकारी छैन। ‘बैंक तथा वित्तीय संस्थाको वर्गीकरण अहिले पनि ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा छ। अब कसरी वर्गीकरण गर्न खोजिएको हो भन्ने कुरा राष्ट्र बैंकको विस्तृत सर्कुलर आएपछि मात्रै स्पष्ट हुन्छ,’ खालिङले नेपाल क्लिक्ससँग भने।

उनका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आउँदा बैंकहरूको व्यवसायिक मोडेल, पुँजी संरचना र कार्यक्षेत्रमा समेत प्रभाव पर्न सक्ने भएकाले बैंकहरू यसको प्रतीक्षामा छन्।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल नेपालमा विगतमा एउटै प्रकृतिका धेरै संस्था स्थापना भए पनि अधिकांशले अहिले ‘युनिभर्सल बैंकिङ’ मोडेलमा समान प्रकृतिको कारोबार गरिरहेको बताउछन्।

उनले यही कारण फरक प्रकृतिका संस्था निर्माण गर्ने विषयमा अध्ययन भइरहेको उनले बताए। ‘विगतमा ऐनमार्फत विभिन्न प्रकारका संस्था स्थापना भएका थिए। तर, अहिले अधिकांश बैंकहरूले लगभग एउटै प्रकृतिको कारोबार गरिरहेका छन्। त्यसैले वर्गीकरणको विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको हो,’ पौडेलले भने।

उनले अध्ययनका क्रममा वर्तमान तथा पूर्वनिर्देशकहरूसँग समेत छलफल गरिएको जानकारी दिए। ‘यो निकै गम्भीर र दीर्घकालीन प्रभाव पर्ने विषय हो। त्यसैले राष्ट्र बैंकले वर्तमान तथा पूर्वनिर्देशकहरूसँग समेत छलफल गरिरहेको छ। अध्ययन सम्पन्न भएपछि मात्रै ठोस मोडेल सार्वजनिक हुनेछ,’ उनले भने।

राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पनि बैंक तथा वित्तीय संस्थालाई निश्चित क्षेत्रमा विशेषज्ञ बनाउने अवधारणा अघि सारेका छन्। उनका अनुसार सबै बैंकले एउटै क्षेत्रमा प्रतिस्पर्धा गर्नुको सट्टा आफ्नो दक्षता भएको क्षेत्रमा केन्द्रित हुन सके वित्तीय प्रणाली अझ प्रभावकारी बन्न सक्छ।

‘जसले जलविद्युत्, पूर्वाधार वा कुनै विशेष क्षेत्रमा राम्रो लगानी गरिरहेको छ, उसैलाई त्यही क्षेत्रमा अझ सुदृढ रूपमा लगानी विस्तार गर्न सक्ने व्यवस्था उपयुक्त हुन्छ,’ गभर्नर पौडेलले यसअघि बताएका थिए।

यस अवधारणाअनुसार भविष्यमा कुनै बैंक पूर्वाधार तथा ऊर्जा क्षेत्रमा, कुनै कृषि तथा साना उद्यम (एसएमई) क्षेत्रमा, कुनै व्यापार तथा निर्यात वित्तीयकरणमा केन्द्रित हुने व्यवस्था गर्न सकिने अनुमान गरिएको छ।

अहिलेको वर्गीकरण किन पुनरावलोकन?

हाल वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबीच विदेशी मुद्रा कारोबार र प्रतितपत्र (एलसी) खोल्ने अधिकारबाहेक अधिकांश बैंकिङ सेवा समान प्रकृतिका छन्। निक्षेप संकलन, कर्जा प्रवाह, डिजिटल बैंकिङ तथा अन्य वित्तीय सेवामा उल्लेख्य अन्तर नदेखिएकाले अहिलेको वर्गीकरण व्यवहारमा प्रभावहीन बन्दै गएको राष्ट्र बैंकको बुझाइ छ।

बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) ले पुँजीका आधारमा वर्ग छुट्याए पनि नेपालमा इन्भेस्टमेन्ट बैंक, पूर्वाधार बैंक वा अन्य विशिष्टीकृत बैंकिङ प्रणाली विकास हुन नसक्दा अधिकांश बैंकको लगानी पोर्टफोलियो उस्तै देखिएको विश्लेषकहरू बताउँछन्।

यता, राष्ट्र बैंकले दोस्रो वित्तीय क्षेत्र रणनीति कार्यान्वयन गर्दै वित्तीय प्रणालीलाई थप प्रतिस्पर्धी, प्रभावकारी र दिगो बनाउने लक्ष्य लिएको छ। पछिल्लो एक दशकमा बैंकहरूको पुँजी उल्लेखनीय रूपमा बढिसकेको र अधिकांश बैंक न्यूनतम तोकिएको पुँजीभन्दा धेरै माथि पुगेको अवस्था भएकाले अब पुँजीभन्दा पनि व्यवसायिक विशेषज्ञता र कार्यक्षेत्रमा आधारित मोडेलतर्फ जानुपर्ने आवश्यकता महसुस गरिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

अध्ययन प्रतिवेदन सार्वजनिक भएपछि मात्रै नयाँ वर्गीकरणको आधार, कार्यान्वयनको ढाँचा र बैंकहरूको भावी स्वरूप स्पष्ट हुने राष्ट्र बैंकको भनाइ छ।

 

प्रकाशित: २०८३ असार २५ गते बिहिबार ११:३८
प्रतिक्रिया

थप समाचार

घर बनाउँदै हुनुहुन्छ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

काठमाडौँ: घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवर्द्धन गरेको छ। बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा...

चालू वर्षमा पनि बैंकहरूले ‘क्यापिटल बफर’का लागि थप पुँजी राख्नु नपर्ने!

बैंकहरुले काउन्टर साइक्लिकल बफर (सीसीबी) का लागि थप पुँजी छुट्याउन नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि यससम्बन्धी अन्तिम निर्णय गर्ने...

नेपाल एसबीआई बैंकलाई एकैपटक चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड

काठमाडौँः नेपाल एसबिआई बैंक लिमिटेडले भारतको इण्डियन च्याम्बर अफ कमर्सले प्रदान गर्ने चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड जितेको छ। बैंकले ‘चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६’ अन्तर्गत...

चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, कारण के हो?

काठमाडौँः नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ को तेस्रो र चौथो त्रैमासमा चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई विभिन्न नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। वित्तीय...

सिटिजन बैंक र ठूला करदाता कार्यालयबीचको विवाद सल्टियो, १ प्रतिशत थपेर कर तिर्न बैंक तयार

बैंकले १ प्रतिशत थपेर कर तिर्ने सहमित जनाउँदै मुद्दा फिर्ता लिनेगरी सर्वोच्च अदालतमा निवेदन दिएको थियो। मुद्दा फिर्ता लिन सर्वोच्चले अनुमति दिएको हो।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।
krishna_rimal
विचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना