काठमाडौँः लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन्।
बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि आचार्य बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का रूपमा कार्यरत थिए। बैंकका अनुसार उनको नियुक्ति आगामी साउन १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि गरिएको हो।


