२०८३ कार्तिक ११ गते मङ्गलबार

११ महिनामा वाणिज्य बैंकहरूको खुदनाफा साढे ६४ अर्ब: बढी कमाउने नबिल, कम एनआईसी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २८
Banijya_BAnk_nepal

काठमाडौँ: चालू आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म नेपालका २० वाणिज्य बैंकले ६४ अर्ब ५६ करोड ४० लाख रुपैयाँ खुदनाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका सबै बैंकहरु नाफामा रहेका छन्।

वैशाख मसान्तसम्म ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ रहेको बैंकहरूको कुल नाफा जेठमा आठ अर्ब आठ करोड ९० लाख रुपैयाँ बढेको छ। वैशाखको तुलनामा जेठमा बैंकको नाफा १४.३२ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

खुद नाफाका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले आठ अर्ब ४९ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। ग्लोबल आइएमईले पाँच अर्ब ९७ करोड ८३ लाख रुपैयाँ नाफा गरेको छ।

तेस्रो स्थानमा रहेको कुमारी बैंकले चार अर्ब ७० करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चार अर्ब ४९ करोड ११ लाख, एभरेष्ट बैंकले चार अर्ब १२ करोड ३४ लाख तथा प्राइम कमर्सियल बैंकले तीन अर्ब ७४ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका छन्।

त्यसैगरी सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा तीन अर्ब ७२ करोड ४९ लाख, एनएमबी बैंकको तीन अर्ब ६३ करोड आठ लाख, नेपाल बैंकको तीन अर्ब ३२ करोड ७७ लाख रहेको छ।

यसैगरी सानिमा बैंकको तीन अर्ब १२ करोड २४ लाख, लक्ष्मी सनराइज बैंकको दुई अर्ब ८९ करोड ३२ लाख, सिद्धार्थ बैंकको दुई अर्ब ८० करोड १७ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको दुई अर्ब ६२ करोड ४२ लाख रुपैयाँ रहेको छ।

यस्तै माछापुच्छ्रे बैंकले दुई अर्ब १७ करोड ७१ लाख, कृषि विकास बैंकले एक अर्ब ९५ करोड ८९ लाख, नेपाल एसबिआई बैंकले एक अर्ब ८३ करोड ८४ लाख, सिटिजन्स बैंकले एक अर्ब ७४ करोड ६१ लाख, प्रभु बैंकले एक अर्ब ५० करोड ४८ लाख र हिमालयन बैंकले एक अर्ब १६ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका छन्।

सबैभन्दा कम नाफा एनआईसी एसिया बैंकको ५० करोड ७७ लाख रुपैयाँ रहेको छ।

प्रकाशित: २०८३ असार २८ गते आईतबार १२:१७
प्रतिक्रिया

थप समाचार

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको ४९४औँ बैठकले प्रतिसेयर...

बैंकको खराब कर्जा बढ्दा शेयरधनीलाई कस्तो असर पर्छ? यस्तो छ बैंकको अवस्था

बैंकले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज समयमै असूल हुन नसक्दा खराब कर्जा बढ्छ। यस्तो अवस्था लामो समयसम्म कायम रहेमा बैंकको नाफा, लाभांश क्षमता र सेयरधनीले पाउने प्रतिफलमा असर पर्न सक्छ।

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना