काठमाडौँ: सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई अनुसन्धानका लागि हिरासतमा राख्न पाँचौँपटक म्याद थप भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि म्याद थपको माग गर्दै सोमबार विशेष अदालतमा पेस गरेपछि न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार तीन दिन म्याद थप गर्ने आदेश दिएको हो।
अदालत प्रशासनले पौडेललाई न्यायिक हिरासतमा राख्न अनुमति दिएको जानकारी पदियो।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण सङ्कलन तथा अनुसन्धान प्रक्रिया पूरा गर्न थप समय आवश्यक परेको भन्दै विभागले म्याद थपको माग गरेको थियो।



