काठमाडौं – ५५ रनबाट साझोदारी सुरु गरेका साही होप र निकोलस पुरनको सय रनको साझेदारी पुरा गरेका छन्। उनीहरुले उत्कृष्ट साझेदारी गरेसँगै अहिले वेस्ट इन्डिज ५५ रनमा तीन विकेट गुमेको अवस्थाबाट अहिले धेरै सुधारिएका अवस्थामा पुगिसकेको छ।
पटकको विश्व विजेता रहिसकेको वेस्ट इन्डिजविरुद्ध नेपाका करण केसीले दोस्रो ओभरमै पहिलो विकेट लिएका थिए।
त्यस्तै, गुल्सन झाले एक र सन्दीप लामिछानेले विकेट लिएपछि नेपालले बलिङमा राम्रो सुरुआत गरेको थियो।
तर मध्यक्रममा भने विकेट लिन सकेको छैन। अहिलेसम्म होपले ७७ र पुरनले ४९ रन बनाइसकेका छन्। उनीहरले १६२ रन पुरा गरेका छन्।
गुल्सनले वेस्ट इन्डिजको ज्यासन चाल्र्सलाई आउट गराए भने चार बलमा एक रन बनाएका केली मयर्सलाई करणको बलमा कुशल भुर्तेलले क्याचआउट गराए थिए।


