नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा दोषी ठहर भएका १६ जनाविद्ध सजाय निर्धारण भएको छ। जिल्ला अदालत काठमाडौँले दोषी ठहर भएका प्रतिवादीहरूलाई मंगलबार सजाय निर्धारण गरेको हो।
अदालतले पूर्वमन्त्री बालकृष्ण खाँणलाई २ वर्ष कैद र २० हजार जरिवाना तोकेको छ। यस्तै टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ।
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिवाना, टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, इन्द्रजित राईलाई ४ वर्ष, मुख्य योजनाकारहरू केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिवना तोकिएको छ।
यस्तो छ अदालतले दोषीलाई तोकेको सजाय
टेक नाथ रिजाल: २ वर्ष कैद र २० हजार जरिवाना
केशव प्रसाद दुलाल: ४ वर्ष कैद र ४० हजार जरिवाना
सानु भण्डारी: ४ वर्ष कैद र ४० हजार जरिवाना
सागर राई: ४ वर्ष कैद र ४० हजार जरिवाना
विक्रम भन्ने गोविन्द कुमार चौधरी: ४ वर्ष कैद र ४० हजार जरिवाना
आङ्टेवा शेर्पा: ४ वर्ष कैद र ४० हजार जरिवाना
टेक नारायण पाण्डे: ४ वर्ष कैद र ४० हजार जरिवाना
टोप बहादुर रायमाझी: ४ वर्ष कैद र ४० हजार जरिवाना
बालकृष्ण खाँण: २ वर्ष कैद र २० हजार जरिवाना
नरेन्द्र के.सी.: १ वर्ष कैद र १० हजार जरिवाना
शमशेर मियाँ: १ वर्ष कैद र १० हजार जरिवाना
हरीभक्त महर्जन: १ वर्ष कैद र १० हजार जरिवाना
निरञ्जन कुमार खरेल: १ वर्ष कैद र १० हजार जरिवाना
बेचन झा: १ वर्ष कैद र १० हजार जरिवाना हुने।


