२०८३ कार्तिक २२ गते शनिवार

बजार सुधारका लागि सेबोनको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’माथि निगरानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३१
58b3d67c-c8d3-4700-b62e-fb23b754aaf0_33fb09cf

काठमाडौँ: नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गर्दै पुँजी बजारमा व्यापक सुधारको योजना अघि सारेको छ।

बोर्डले सार्वजनिक गरेको प्रेस नोटअनुसार आगामी वर्ष लगानीकर्ताको सुरक्षा, बजारको आधुनिकीकरण र कारोबार लागतमा कमी ल्याउने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ।

विशेषगरी सामाजिक सञ्जालमार्फत प्रवाह हुने अनधिकृत लगानी परामर्श, ‘फिनइन्फ्लुएन्सर्स’का गतिविधि र भ्रामक प्रचारप्रसारबाट हुन सक्ने वित्तीय ठगी नियन्त्रण गर्न बोर्डले प्रभावकारी नियामक निगरानी बढाउने भएको छ। धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझमा अन्तर–निकाय समन्वयलाई थप सुदृढ बनाउँदै लगानीकर्ताको हित संरक्षण गर्ने बोर्डको लक्ष्य छ।

बजारलाई थप व्यवस्थित बनाउन बोर्डले सार्वजनिक निष्कासन (आईपीओ) पूर्व कम्पनीहरूको वित्तीय र व्यवस्थापकीय पक्षको गहन अध्ययन गर्ने र ‘मार्जिन कारोबार’ लाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्जसँग आवश्यक समन्वय गर्ने जनाएको छ।

लगानीकर्ताहरूको प्रमुख चासोको विषय रहेको कारोबार लागत घटाउन प्राथमिक तथा दोस्रो बजारको शुल्कमा पुनरावलोकन गरिने प्रतिबद्धता समेत बोर्डले जनाएको छ। यसका साथै, नेप्से सूचकाङ्कलाई थप वैज्ञानिक बनाउन कारोबारयोग्य सेयरका आधारमा नयाँ ‘बेन्चमार्क सूचकाङ्क’ विकास गर्ने योजना अघि सारिएको छ।

धितोपत्र बोर्डले सामूहिक लगानी कोषको ‘लक–इन’ अवधि र बाँडफाँट सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरी बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने नीति लिएको छ। साथै, सामाजिक सञ्जाल प्रयोग गरी संगठित संस्थाहरूले गर्ने पुँजी संकलनलाई नियमनको दायरामा ल्याइनेछ।

पुँजी बजारलाई विश्वसनीय, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन बोर्डले आगामी दशकका लागि ’पुँजी बजार विकास मार्गचित्र’ समेत तयार पारेको छ। यी सुधारात्मक कदमहरूले राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुरÞ्याउने विश्वास प्रवक्ता निरञ्जय घिमिरेद्वारा जारी विज्ञप्तिमा व्यक्त गरिएको छ।

प्रकाशित: २०८३ असार ३१ गते बुधबार ०१:१२
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना