काठमाडौँः बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि बढेको हो।
यस दिन नेप्से परिसूचक १४.०० अंक बढेर २५९०.२९ विन्दुमा पुगेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको ८४ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य यस दिन सर्वाधिक ९.२० प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.३२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन १० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३ शीर्ष स्थानमा रहेको छ। यस दिन ४४ करोड १० लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ।


