२०८३ साउन ११ गते सोमबार

झापाको विर्तामोडमा ५ तारे होटल बनाउँदै दुर्गा प्रसाईँ, लगानी सवा तीन अर्ब

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३२
hotal_atrim

काठमाडौँ: पछिल्लो समय  मुलुकका ठूला शहर र प्रमुख पर्यटकीय गन्तव्यहरुमा अर्बौं रुपैयाँ लगानीमा होटल तथा लक्जरी रिसोर्ट खुल्ने क्रम बढेको छ। होटलमा बैंक तथा वित्तीय संस्थाहरुले सहजरुपमा ऋण लगानी गरिरहेका छन्।

यसैगक्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि होटलमा लगानी गरेका छन्। उनले सवा तीन अर्ब रुपैयाँ लगानीमा पाँचतारे लक्जरी होटल सञ्चालनमा ल्याउने भएका छन्। व्यवसायी प्रसाईंले तीन अर्ब २९ करोड ८० लाख रुपैयाँ लगानीमा झापाको विर्तामोडमा पाँचतारे होटल एट्रियम प्राइभेट लिमिटेड सञ्चालनमा ल्याउन लागेका हुन्।

होटललाई आवश्यक दुई अर्ब ३७ करोड रुपैयाँ ऋणको व्यवस्थापन भइसकेको छ। ७० प्रतिशत ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ।

होटलको सिभिल, मेकानिकल र फर्निचरसम्बन्धी थप कामहरू, बैंक्वेट र क्यासिनो क्षेत्रको डिजाइनमा गरिएका परिवर्तनहरूस क्यासिनो सुविधाको विस्तार तथा निर्माण अवधि लम्बिएका कारण बढ्ने ब्याज खर्चजस्ता कारणहरूले गर्दा होटलको लागत बढ्ने अनुमान गरिएको छ।

परियोजना निर्माणको काम निकै अघि बढिसकेको छ। यद्यपि, निर्धारित समय र लागतभित्रै परियोजना सम्पन्न गर्ने सन्दर्भमा यस होटल परियोजनासँग सम्बन्धित कार्यान्वयनका बाँकी जोखिमहरू भने कायमै छन्।

होटलमा ९८ वटा कोठा हुने भएको छ। रेस्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन तथा ब्याक्वेट हल, स्पा, क्यासिनोलगायत अन्य सुविधाहरू समावेश छन्। सामान्यतया, होटलहरूमा सम्बन्धित स्थिर लागत असूल गरी नाफा कमाउन सुरु गर्न लामो समय लाग्ने गर्दछ।

होटलको सञ्चालनमा आउन लाग्ने यस्तो लामो समयको मुख्य कारण भनेको उच्च स्तरको होटल निर्माणमा तीनदेखि चार वर्षसम्म लाग्ने र सञ्चालनलाई व्यवस्थित वा स्थिर अवस्थामा ल्याउन थप दुईदेखि तीन वर्ष लाग्ने गरेको छ।

एकपटक सञ्चालनमा आएपछि, ग्राहकहरूलाई आकर्षित गर्ने, कोठाको अकुपेन्सी दर कायम राख्ने, आफ्नो ब्रान्ड स्थापित गर्ने र परिकल्पना गरिए बमोजिम होटलबाट लाभ हासिल गर्ने कम्पनीको क्षमता कर्जाको दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण हुनेछ।

होटल चन्द्रगढी एयरपोर्टबाट १२.९ र नेपाल–भारत सिमाना जोगवनीबाट ३० किलोमिटर दुरीमा छ। यस्तै इलामा चिया बगानबाट ५७ किलोमिटर दुरीमा छ। होटलले भारतीय पर्यटकलाई लक्षित गरेको देखिएको छ।

होटलका अध्यक्ष प्रसाईं रहेका छन्। उनले झापामा बिएन्डसी मेडिकल कलेज सञ्चालन गरिरहेका छन्। यस्तै उनी पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक पनि हुन्। केही वर्षयता उनले ऋण नतिर्ने अभियान चलाउदै आएका छन्।

प्रसाईंले होटल सन् २०१६ मा स्थापना गरेका हुन्। होटल १६ हजार ८४३ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित: २०८३ असार ३२ गते बिहिबार ०६:३४
प्रतिक्रिया

थप समाचार

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।

बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने

कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो।

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

हेटौँडा: बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना