काठमाडौं – नेपाली फास्ट बलर करण केसीले वेस्ट इन्डिजको पहिलो विकेट लिएको केही समयमै युवा बलर गुल्सन झाले नेपालका लागि दोस्रो विकेट गिराए। पावर प्ले सकिएपछि बलिङमा देखिएका सन्दीप लामिछानेले पनि खेलको १६ औं ओभरमा विकेट लिए।
वेस्ट इन्डिजका प्रभावसाली ब्याटरहरु ज्यासन चाल्र्स, केली मयर्स र ब्रन्डन किंग आउट भएपछि नेपाली बलिङले केही राम्रो सुरुआत पाएको थियो। यता, वेस्ट इन्डिजले भने ५५ रन मात्र बनाउँदा तीन विकेट गुमाइसकेको थियो।
तर, त्यसपछि मैदानमा निकोलस पुरन र साही होपले नेपाली बलिङ युनिटलाई नै नाकाम बनाइदिए। उनीहरुले व्यक्तिगत अर्धसतक, सतकको साझेदारी मात्र गरेनन। होपले त नेपालविरुद्ध सानदार सतक नै प्रहार गरे। अन्ततः दोहोरो शतककाे साझेदारी गरे।
होपले शतक पुरा गरेको केही मिनेटमै निकोलस पुरनले पनि सतक प्रहार गरेर वेस्ट इन्डिजको अंकलाई २७१ रनमा पुर्याएका थिए। खेलमा सात ओभर बाँकी रहँदा निकालेस पुरन आउट भए। उनीहरले पुरापुर २७ ओभर खेलेका थिए। खेलको पहिलो पारीमा वेस्ट इन्डिजले सात विकेट गुमाउँदै २३९ रन बनाएपछि नेपालले ३४० रनको लक्ष्य पाएको छ।
यो लक्ष्य अहिलेसम्म नेपालको पाएको सबैभन्दा ठूलो लक्ष्य हो। यसअघि युएईले नेपाललाई ३१५ रनको लक्ष्य प्रदान गरेको थियो। नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण, गुल्सन, सन्दीप र दिपेन्द्र सिंह ऐरीले समान एकएक विकेट लिए।
बलिङको कुरा गर्दा खेलको दोस्रो ओभरमै करणले विकेट गिराएका थिए। गुल्सनले आफ्नो पहिलो तथा खेलको पाँचौ ओभरमा विकेट लिए। गुल्सनले वेस्ट इन्डिजको ज्यासन चाल्र्सलाई आउट गराए भने चार बलमा एक रन बनाएका केली मयर्सलाई करणको बलमा कुशल भुर्तेलले क्याचआउट गराए थिए।

तेस्रो नम्बरमा मैदान प्रवेश गरेका ज्यासनले ६ बल खेल्दा कुनै रन जोड्न सकेका थिएनन्। उनलाई झाले विकेट किपर आसिफ शेखको हातबाट क्याच गराएका हुन्। दोस्रो विकेट गुमाउँदा वेस्ट इन्डिजको खातामा ९ रन थियो।
त्यसअघि वेस्ट इन्डिजले पहिलो विकेट गुमाउँदा उसको खातामा दुई रन मात्र थियो। जहाँ करणले दोस्रो ओभरमा मेडन विकेट लिएका थिए। र, चार बलमा एक रन बनाएका केली मयर्सलाई करणले पवेलियन फर्काएका थिए।
त्यस्तै, बलर सन्दीप लामिछानेले वेस्ट इन्डिजका ओपनर ब्रान्डन किंगलाई आउट गराएका थिए। ४२ बलमा ३२ रन बनाएका किंगलाई लामिछानेले १६ औं ओभरको तेस्रो बलमा आउट गराएका हुन्।
१६ औं ओभर पछिको बलिङले विकेट लिन सकेन। बरु साही होप र निकोलस पुरनले उत्कृष्ट पारी खेले। नेपालविरुद्ध वेस्ट इन्डिजले २२ औं ओभरमा सय रन पुरा गरेको थियो।

धेरै प्रयास गर्दा पनि नेपाली बलरले उनीहरुको साझेदारी तोड्न सकेनन्। उनीहरु दुवैले सतक प्रहार गरे। १०७ बलमा सात चौका र दुई छक्काका साथ सतक पुरा गरेका होपले १३२ रन बनाए। मैदानमा चौथो नम्बरमा प्रवेश गरेका होप र पाँचौ नम्बरमा प्रवेश गरेका पुरनले सँगसँगै शतक प्रहार गरेका हुन्।
निकोलसले भने ८१ बलमा सतक पुरा गरेका हुन्। खेल अवधिभरी पुरनले १० चौका र चार छक्काको सहयोगमा ११५ रन बनाए। जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा जारी खेलको ४४ औं ओभरमा दिपेन्द्र सिंह ऐरीले यि खेलाडीको साझेदारी तोडेका थिए। तर बाहिरिनु अघि उनीहरुले दोहोरो शतकको साझेदारी गरिसकेको थिए।
टिमको स्कोर २७१ भएपछि ललितको बलबाट निकोलस आउट भए। रोमन पावेल(२९ रन)लाई ललितले डगआउट फर्काएदिए। किमो पावेल पनि ललितकै शिकार भए। उनले एक रन मात्र बनाउन सके। त्यस्तै, होपलाई पनि ललितले नै आउट गराएका थिए। उनले १० चौका र तीन छक्का चट्काए।


