२०८३ कार्तिक २१ गते शुक्रबार

सम्पत्ति शुद्धीकरण: विष्णु पौडेलविरुद्ध २१ करोड र दीपक भट्टविरुद्ध २६ अर्बको मुद्दा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १
bishnu_deepak

काठमाडौँ: पूर्वअर्थम्नत्री विष्णु पौडेल तथा विवादित व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालसहित २६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार विशेष सरकारी वकिलको कार्यालयले तथा इन्फिनिटी होल्डिङ्स प्रालिसहित ८ कम्पनीसमेतलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।

विभागले भट्टमाथि अर्बौँको अवैध धन परिचालन गरेको र पौडेलले अर्थमन्त्री हुँदा पदको दुरुपयोग गरी मतियारका रूपमा त्यसलाई सघाएको दाबी गरेको छ।

दीपक भट्टले विभिन्न कागजी कम्पनी खडा गरेर तथा बीमा कम्पनीहरूको सेयर कारोबारमार्फत सम्पत्ति शुद्धीकरण गरेको पाइएको दाबी अभियोगपत्रमा गरिएको छ।

हिमालयन रिइन्स्योरेन्स, इन्फिनिटी होल्डिङ्स लगायतका कम्पनीमार्फत अपारदर्शी लगानी गरेको, बैंक खातामा शंकास्पद ठूलो रकम जम्मा गरेको र स्रोत नखुलेको सम्पत्तिलाई वैध बनाउन खोजेर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० (१) बमोजिम विगोको दोब्बर जरिवाना र २ देखि १५ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ।

विशेष सरकारी वकिलको कार्यालयले उनीविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो मागदाबी गरेको छ।

यता पूर्वअर्थमन्त्री पौडेलमाथि २० करोड ९० लाखको विगो मागदाबी गरिएको छ। उनलाई मतियारका रूपमा प्रतिवादी बनाइएको छ।  पौडेलमाथि दीपक भट्टको अवैध व्यवसायलाई नीतिगत तहबाट सहयोग गरेको र मतियारको भूमिका निर्वाह गरेको आरोप छ।

अर्थमन्त्री हुँदा हिमालयन रिइन्स्योरेन्सलाई लाइसेन्स दिलाउन भूमिका खेलेको, श्री राम टोबाको उद्योगको सेयर न्यून मूल्यमा भट्टको कम्पनीलाई हस्तान्तरण गर्न सघाएको र सुपारी आयातमा नीतिगत भ्रष्टाचार गरी भट्टलाई फाइदा पुर्‍याएको आरोपमा शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (२) र दफा ३० को उपदफा (७) बमोजिम मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय (मतियारको रूपमा) मागदाबी गरिएको छ।

प्रकाशित: २०८३ साउन १ गते शुक्रबार ११:५७
प्रतिक्रिया

थप समाचार

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...

गोलबजारका पूर्वमेयर तेलीसहित ७ जनाविरुद्ध १ करोड ६० लाखको मुद्दा

काठमाडौँ: सिरहाको गोलबजार नगरपालिका पूर्वमेयर देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तेलीसहित तत्कालीन उपप्रमुख...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना