काठमाडौं – ओपनर कुशल भुर्तेललाई अल्जारी जोशेफले र तेस्रो नम्बरमा मैदान पसेका भीम सार्कीलाई ज्यासन होल्डरले आउट गराएका छन्।
जिम्बावेमा भइरहेको आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले दुई विकेट गुमाएर ब्याटिङमा कमजोर सुरुआत गरेको हो।
नेपालले २३ रन बनाउँदै दुई विकेट गुमाएको छ। ओपनर कुशलले पाँच रन मात्र बनाउन सके भने भीमले पनि सात बल खेलेर दुई रन जोडे।
नेपालले अहिले ३४० रनको लक्ष्य पछ्याइरहेको छ।


