२०८३ कार्तिक २१ गते शुक्रबार

विदेशी निर्भरता तोड्ने प्रयास: हेटौँडा कपडा उद्योग सञ्चालन गर्दै सेना, २ महिनाभित्र उत्पादन लक्ष्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ६
photo_61fc933e

काठमाडौँ: एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको परिचय बनेको हेटौँडा कपडा उद्योगको ऐतिहासिक पहिचान छ। उद्योगको नाम सुन्नासाथ धेरै नेपालीको मनमा अझै पनि ‘स्वदेशमा उत्पादित गुणस्तरीय कपडा’को छवि ताजै छ।

स्वदेशमै कपडा उत्पादन गरी बजारको माग पूरा गरेको हेटौँडा कपडा उद्योग निरन्तर सञ्चालनमा रहेको भए नेपालले आजको जस्तो विदेशी कपडामाथिको उच्च निर्भरता रहनुपर्ने अवस्था नआउने अनुमान गर्न सकिन्छ।

तर, यो अवस्था कपडा क्षेत्रमा मात्र सीमित छैन। पछिल्ला वर्षहरूमा नेपाल दैनिक उपभोग्य वस्तुदेखि औद्योगिक सामग्रीसम्म धेरै उत्पादनका लागि आयातमै निर्भर बन्दै गएको छ। स्वदेशी उद्योगहरू बन्द हुनु, उत्पादन क्षमता विस्तार नहुनु, लगानी तथा नीतिगत चुनौती, बढ्दो उत्पादन लागत र विदेशी वस्तुसँगको प्रतिस्पर्धाले घरेलु उद्योगहरू कमजोर बनेका छन्।

अस्थिर राजनीतिका कारणले स्वदेशी उत्पादन हेटौडा कपडा उद्योग आज अन्धकारमा रुमलिएको छ। हजारौं मानिसको रोजगार मात्र खोसिएन इतिहास नै हराउने हो कि भन्ने चिन्ता थपिएको छ।

उद्योग मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र सुवेदीले बन्द अवस्थामा रहेका हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने लागि तयारी भइरहेको दावी गर्छन्।

उनका अनुसार मन्त्रालयले प्रारम्भिक अध्ययन गरिसकेको छ भने नेपाली सेनाले पनि छुट्टै प्राविधिक अध्ययन सम्पन्न गरेको छ। सोही आधारमा सरसफाइ, निरीक्षण तथा उत्पादनका लागि आवश्यक पूर्वतयारी गर्न अर्थ मन्त्रालयबाट सैनिक सामग्री उत्पादन निर्देशनालयका लागि ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

‘मन्त्रालयले सानो अध्ययन गरायो। नेपाली सेनाले पनि अध्ययन गर्यो। तत्काललाई सरसफाइलगायत पूर्वतयारीका लागि उनीहरूले बजेट मागेका छन्। अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँ विनियोजन भएको छ। अहिलेको उत्पादनको तयारीका कामहरू उहाँहरूले अन्वेषण र सरसफाइदेखि लिएर त्यसलाई कन्डिसनमा ल्याउने कामहरू गरिरहनुभएको छ।’

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत अहिले उत्पादनस्थलको सरसफाइ, उपकरणको परीक्षण तथा सञ्चालनयोग्य बनाउने काम भइरहेको जानकारी दिए। हाल रहेका मेसिन प्रयोग गरेर परीक्षण उत्पादन (टेस्ट प्रोडक्सन) सुरु गर्ने तयारी भइरहेको उनले बताए।

उनले हाल प्रयोगमा रहेका मेसिन पुराना भएकाले उत्पादनको गति, लम्बाइ, चौडाइ तथा गुणस्तर सुधार गर्न थप उपकरण आवश्यक पर्न सक्ने बताए। तर त्यससम्बन्धी निर्णय दोस्रो चरणको प्राविधिक अध्ययनपछि मात्रै हुने बताए।

सुवेदीले बुटवल धागो कारखानाको विषय पनि अध्ययनकै चरणमा रहेको जानकारी दिए। अर्थ मन्त्रालयले सञ्चालन गरिरहेको अध्ययनले उद्योगको सम्पत्ति र दायित्वको विश्लेषण गरी कुन मोडलबाट सञ्चालन गर्ने भन्ने सिफारिस गर्नेछ। त्यसपछि अर्थमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले आवश्यक निर्णय गर्ने उनले बताए। उद्योग संचालनका लागि दोस्रो चरणको अध्ययन बाँकी रहेको उनले बताए।

उनले भने, ‘बुटवल धागो उद्योगका बारेपनि अध्ययन भइरहेको छ। सम्पत्ति र दायित्वको विश्लेषण गर्ने वा कुन मोडलबाट चलाउने भन्ने सिफारिस आउनसक्छ। अर्थमन्त्रीज्यूको अध्यक्षतामा हुने बैठकले केही निर्णय पनि गर्ला।’

यस्तै, बर्दियास्थित कपास विकास समितिको पनि प्रारम्भिक अध्ययन सम्पन्न भएको उनले जानकारी दिए। ठूलो परिमाणमा कपास उत्पादन विस्तार गर्ने विषय भने कृषि मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने भएकाले त्यसतर्फ पनि थप पहल हुने अपेक्षा गरिएको छ।

प्रवक्ता सुवेदीका अनुसार पहिलो चरणमा हाल उपलब्ध मेसिनबाट सेना, प्रहरी तथा अन्य सार्वजनिक निकायका लागि आवश्यक मापदण्डअनुसारका कपडा उत्पादन गर्ने लक्ष्य राखिएको छ। परीक्षण उत्पादन सफल भएपछि मात्र थप विस्तार, नयाँ उपकरण खरिद तथा दीर्घकालीन सञ्चालन मोडलबारे निर्णय गरिने उनले बताए।

उनले भने, ‘अहिले भइरहेको मेशिनबाट सार्वजनिक पदमा रहेर काम गर्नेहरू–आर्मी प्रहरीहरुलाई हुने खालका कपडा बनाउने प्रयास भइरहेको छ। टेस्ट प्रोडक्सन भएपछि बल्ल अरू धेरै कुरा भनौंला।’

असार ३० गते शनिबार हेटौँडा कपडा उद्योग सञ्चालनको प्रतिवेदन अध्ययन कार्यदलले उद्योगमन्त्री गौरीकुमारी यादवलाई बुझाएको थियो। तत्काल परीक्षण उत्पादन गर्ने र थप रणनीतिक योजनासहित पूर्ण क्षमतामा सञ्चालन गर्ने खाकासहितको प्रतिवेदन कार्यदलले तयार गरी मन्त्रीलाई बुझाएको हो।

उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाए पनि यसअघि नै अर्थ मन्त्रालयबाट विनियोजित बजेटअनुसार नेपाली सेनाले मेसिन मर्मतको काम भने थालिसकेको बताएको थियो। प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि चालिएका कदम, हालसम्मको प्रगति र आगामी कार्यदिशाबारे विस्तृत खाका समेटिएको छ।

मन्त्रालयका अनुसार सरकारको निर्देशनअनुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्नुपर्ने म्याद पाएको छ र सोहीअनुसार तीव्र रूपमा काम अगाडि बढाइएको छ।

यसका लागि अर्थ मन्त्रालयले असार पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयलाई ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ।

चीन सरकारको आर्थिक सहयोग र नेपाल सरकारको लगानीमा वि.स.२०३२ सालमा हेटौँडा कपडा उद्योग स्थापना भएको थियो।

वि.स.२०३५ सालदेखि औंपचारीक रुपमा यसको सुरु भएको थियो। राजनीतिक अस्थिरता, हस्तक्षेप, व्यवस्थापनमा कमजोर कारण स्थापनाको १९ वर्षपछि वि.स. २०५७ साल देखि यो उद्योय पुर्न रुपमानै बन्द भयो। त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटक—पटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन।

यसपटक भने वर्तमान सरकारको पहलमा उक्त कपडा उद्योग सञ्चालनमा आउने भएको छ। यसको लागि सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीले उद्योग परिसरको सरसफाइ र मेसिनरीको मर्मतको कामहरु गरिरहेको छ।

सरकारले उद्योग सञ्चालनमा आएपछि पहिलो चरणमा सरकारी कर्मचारीका लागि आवश्यक बर्दी र विद्यालयका पोशाकहरुको उत्पादन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: २०८३ साउन ६ गते बुधबार १०:२२
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तातोपानी नाका अवरुद्ध हुँदा फलफूलको मूल्यमा चाप, उपभोक्तासँगै व्यवसायी पनि मारमा

काठमाडौँः चीनसँगको तातोपानी नाका नियमित सञ्चालन हुन नसक्दा फलफूल आयातको ढुवानी लागत बढेको छ । यसको प्रत्यक्ष असर फलफूलको मूल्य, व्यवसायीको कारोबार र उपभोक्ताको भान्सासम्म परेको छ । नेपाल...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

सरकारी बेरुजुको आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीमा, पूर्वाधार मन्त्रालयमा सबैभन्दा धेरै

काठमाडौँः सरकारी निकायहरूमा देखिएको बेरुजुमध्ये आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीको रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना