२०८३ कार्तिक २१ गते शुक्रबार

आईपीओ निष्काशनको तयारीमा ग्रिनप्लाई नेपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ११
IPO-1737608163

विराटनगर: नेपालमा प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको हो।

आईपीओ निष्काशनको तयारीस्वरूप कम्पनी गत आर्थिक बर्षमा नै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको छ। साथै, प्राथमिक शेयर निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले २०८३ साउन २२ गते आफ्नो रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा आह्वान गरेको जनाएको छ।

ग्रिनप्लाई नेपालले छोटो अवधिमै प्लाइउड उद्योगमा उल्लेखनीय प्रगति हासिल गरेको कम्पनीका रूपमा आफूलाई स्थापित गरेको छ। कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले बिक्री वृद्धि गर्दै वार्षिक कारोबार करिब रु. ४७.५ करोड पुगेको छ।

कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको छ, जसले यसको सुदृढ वित्तीय अवस्था, प्रभावकारी व्यवस्थापन तथा व्यवसायिक स्थायित्वलाई पुष्टि गर्ने कम्पनीको दाबी छ।

ग्रिनप्लाई नेपालले उत्पादनको करिब ३० प्रतिशत आन्तरिक बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको छ। निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याए बापत कम्पनीले नेपाल सरकारबाट निर्यात अनुदान समेत प्राप्त गर्दै आएको छ। कम्पनीले बीआईएस सर्टिफिकेट प्राप्त गरी भारतीय बजारमा आफ्ना उत्पादन निर्यात गरिरहेको जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको पूँजीगत संरचनामा पनि उल्लेखनीय सुधार भएको छ। कम्पनीको ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ। यस अवधिमा रु. ६ करोड नयाँ शेयर पूँजी थपिएको तथा नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (NFRS) अनुरूप सञ्चित नाफा समायोजन भएपछि कम्पनीको मूर्त खुद सम्पत्ति करिब रु. ८ करोड २० लाखबाट बढेर रु. २२ करोड ६० लाख पुगेको कम्पनीले जनाएको छ।

कम्पनीले नेपालमा हुने प्लाइउड आयात प्रतिस्थापनमा योगदान पुर्‍याउँदै आन्तरिक माग पूरा गर्नुका साथै निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ। दीर्घकालीन मूल्य सिर्जना गर्दै लगानीकर्तालाई आकर्षक प्रतिफल प्रदान गर्ने प्रतिबद्धतासहित उत्पादनमूलक उद्योगको अग्रणी ब्रान्ड बन्ने लक्ष्य कम्पनीले लिएको जनाएको छ।

प्रकाशित: २०८३ साउन ११ गते सोमबार ०५:४७
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना