काठमाडौँः साताको तेस्रो कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज परिसूचक नेप्से ७.७९ अंक घटेर २ हजार ६८८.८८ विन्दुमा झरेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घट्ने क्रमलाई जारी रहेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा यस दिन ४ अर्ब २ करोड ९४ लाख रुपैयाँबराबरको ९७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज पनि एभरेष्ट कलरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


