२०८३ कार्तिक २१ गते शुक्रबार

राष्ट्र बैंक अध्ययन : नीतिगत अन्यौल बढ्दा नेप्सेमा १० प्रतिशतसम्म गिरावट आउन सक्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १५
nepse_down1

काठमाडौँ: सरकारको बजेट र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिजस्ता आर्थिक नीतिमा देखिने अन्यौलले सेयर बजारलाई सबैभन्दा बढी प्रभावित गर्ने गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। अध्ययनअनुसार नीतिगत अनिश्चितता बढेमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० प्रतिशतसम्म घट्न सक्ने जोखिम रहेको छ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका अधिकारी वीरेन्द्रबहादुर बुढा, रोहन व्यञ्जनकार र स्वस्तिक नेपालले तयार पारेको ‘नेपालमा आर्थिक नीतिगत अन्यौलको समष्टिगत आर्थिक प्रभाव’ सम्बन्धी वर्किङ पेपरमा पुँजी बजार नीतिगत परिवर्तनप्रति अत्यधिक संवेदनशील रहेको उल्लेख गरिएको छ।

सन् २०११ देखि २०२६ सम्मको गुगल सर्च ट्रेन्डको विश्लेषणमा आधारित अध्ययनले आर्थिक नीतिसम्बन्धी अन्यौल बढ्ने संकेत देखिनासाथ लगानीकर्ताले जोखिम कम गर्न सेयर बिक्री बढाउने प्रवृत्ति देखिएको जनाएको छ। प्रतिवेदनअनुसार यस्तो अवस्थामा नेप्से सुरुमा करिब ५ प्रतिशतसम्म घट्ने र अन्यौल लम्बिँदै गए गिरावट १० प्रतिशतसम्म पुग्न सक्ने सम्भावना रहन्छ।

अध्ययनले प्रत्येक वर्ष जेठ १५ मा सार्वजनिक हुने बजेट र साउनमा आउने मौद्रिक नीतिअघि आर्थिक नीतिसम्बन्धी विषयमा गुगल सर्च उल्लेख्य रूपमा बढ्ने गरेको देखाएको छ। यसले लगानीकर्ता तथा सर्वसाधारणबीच नीतिगत निर्णयप्रति उच्च चासो र अनिश्चितता रहने संकेत गर्ने प्रतिवेदनमा उल्लेख छ। सन् २०२२ मा वैदेशिक मुद्रा सञ्चितिमा दबाब परेपछि आयातमा लगाइएका प्रतिबन्धको अवधिलाई पनि अध्ययनले उच्च नीतिगत अन्यौलको उदाहरणका रूपमा लिएको छ।

प्रतिवेदनले सेयर बजार मात्र नभई समग्र अर्थतन्त्रमा पनि यसको असर पर्ने देखाएको छ। नीतिगत अन्यौल बढ्दा वस्तु आयात करिब १५ प्रतिशतसम्म घट्न सक्ने, निजी क्षेत्रमा बैंक कर्जा प्रवाह करिब ५ प्रतिशतले संकुचित हुन सक्ने तथा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २ प्रतिशतसम्म नकारात्मक प्रभाव पर्न सक्ने अध्ययनको निष्कर्ष छ।

अध्ययनअनुसार नीतिगत अनिश्चितताले लगानीकर्ताको मनोबल कमजोर बनाउने भएकाले बजार सामान्य अवस्थामा फर्किन करिब दुई त्रैमास अर्थात् ६ महिना लाग्न सक्छ। यस्तो अवस्थाबाट विशेषगरी साना लगानीकर्ता बढी प्रभावित हुने जोखिम पनि औंल्याइएको छ।

राष्ट्र बैंकले नीति निर्माण गर्दा स्थिर, पारदर्शी र पूर्वानुमान गर्न सकिने वातावरण कायम गर्नुपर्नेमा जोड दिएको छ। स्पष्ट र विश्वसनीय आर्थिक नीतिले मात्रै लगानीकर्ताको विश्वास बढाउने, बजारमा तरलता कायम राख्ने र पुँजी बजारको स्थायित्व सुनिश्चित गर्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष छ।

प्रकाशित: २०८३ साउन १५ गते शुक्रबार ०५:१३
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना