काठमाडौं। यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक समग्रमा १५.७८ अंक (०.५८ प्रतिशत) घटेको छ। साताको पहिलो कारोबार दिन सोमबार २७०१.३२ अंकमा रहेको नेप्से अन्तिम कारोबार दिन शुक्रबार २६८५.५४ अंकमा बन्द भएको हो।
साताको पहिलो चार कारोबार दिन बजार लगातार ओरालो लाग्यो। सोमबार नेप्से ३३.२८ अंक (१.२१ प्रतिशत) घटेको थियो। त्यसपछि मंगलबार ४.६४ अंक (०ं१७ प्रतिशत), बुधबार ७.७९ अंक (०.२८ प्रतिशत) र बिहीबार १६.२९ अंक (०.६० प्रतिशत) सूचक घट्दै साताकै न्यून बिन्दु २६७२.५८ अंकमा पुगेको थियो।
यद्यपि, साताको अन्तिम कारोबार दिन शुक्रबार भने बजारमा सुधार देखियो। उक्त दिन नेप्से १२.९६ अंक (०.४८ प्रतिशत) बढेर २६८५.५४ अंकमा बन्द भयो। लगातार चार दिनको गिरावटपछि अन्तिम दिन आएको सुधारले बजारमा केही सकारात्मक संकेत देखिएको छ।
कारोबार रकमतर्फ भने साताको सबैभन्दा बढी कारोबार सोमबार भएको थियो। सोमबार ५ अर्ब ८१ करोड १० लाख ३३ हजार १०१ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। मंगलबार कारोबार रकम ४ अर्ब ३७ करोड ९४ लाख ९० हजार १०२ रुपैयाँ रह्यो भने बुधबार ३ अर्ब ९७ करोड ७२ लाख ८ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भयो।
बिहीबार कारोबार रकम घटेर ३ अर्ब ३५ करोड ४३ लाख ७१ हजार ८५२ रुपैयाँमा सीमित भयो। शुक्रबार भने कारोबार रकम केही बढेर ३ अर्ब ६८ करोड ५७ लाख ८९ हजार ९१३ रुपैयाँ पुगेको छ।
पाँच कारोबार दिनमा कुल २० अर्ब २६ करोड ६८ लाख ८ हजार ६०४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस साताको कारोबारमा पाँचमध्ये चार दिन बजार घट्यो भने अन्तिम दिन मात्र बजार बढेको देखिएको छ। समग्रमा साताभर लगानीकर्तामा बिक्री दबाब कायम रहे पनि शुक्रबारको सुधारले आगामी साताको कारोबारप्रति केही आशा जगाएको लगानीकर्ता बताउछन्।


