रुपन्देही: रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित एमएस इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल्स इन्डस्ट्रिज प्रा. लि. ले अत्याधुनिक प्रविधियुक्त ‘२–सिरिज आरजीबी हाइमास्ट लाइट’ बजारमा सार्वजनिक गरेको छ।
विगत १०–१२ वर्षदेखि नेपालमै गुणस्तरीय प्रकाश प्रणाली उत्पादन गर्दै आएको उद्योगले आधुनिक प्रविधिलाई आत्मसात गर्दै अटो कन्ट्रोल प्यानल र टाइमिङ सिस्टमसहितको आरजीबी हाइमास्ट लाइट बजारमा ल्याएको जनाएको छ।
उद्योगका अनुसार नयाँ प्रविधिको यस लाइटले चाडपर्व, राष्ट्रिय दिवस तथा विशेष अवसरमा मठमन्दिर, सार्वजनिक चोक, पार्क, पर्यटकीय क्षेत्र तथा अन्य महत्वपूर्ण स्थानहरूलाई विभिन्न रङ्गको आकर्षक प्रकाशले सजाउन सकिनेछ। टाइमिङ सिस्टममार्फत आवश्यकता अनुसार स्वचालित रूपमा सञ्चालन हुने भएकाले यसको प्रयोग अझ प्रभावकारी हुने विश्वास गरिएको छ।
एमएस इलेक्ट्रोनिक्सले विगत एक दशकभन्दा बढी समयदेखि सोलार एलइडी स्ट्रिट लाइट, एसी एलइडी स्ट्रिट लाइट, फ्लड लाइट, हाइमास्ट लाइट तथा स्टेडियम लाइट उत्पादन, जडान, मर्मत तथा स्तरोन्नति सेवा प्रदान गर्दै आएको छ। उद्योगका उत्पादनहरू नेपालका विभिन्न स्थानीय तह, सरकारी कार्यालय, निजी संस्था, शैक्षिक प्रतिष्ठान, धार्मिक स्थल तथा पूर्वाधार विकासका परियोजनामा प्रयोग हुँदै आएका छन्।
उद्योगका उत्पादन तथा सेवाको अर्डरका लागि वेबसाइटमार्फत् पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।


