२०८३ साउन २७ गते बुधबार

भरतपुर अस्पतालमा प्रसूति शय्याको अभाव, म्याट्रेसमा राखेर सेवा दिइँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
ys5WRtun7L

चितवन: भरतपुर अस्पतालमा प्रसूति शय्याको अभाव भएपछि सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नुपरेको छ। गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ।

अस्पतालमा प्रसूतिसँग सम्बन्धित १११ वटा शय्या छन्। प्रसूति शल्यक्रियापछि राख्ने ‘गाइने’को ‘पोष्टअप’ २३ शय्या, गाइने शय्या २३, जटिल गाइने १०, प्रसूतिपछि राख्ने ‘पोष्टनेल’ २३, प्रसूति भर्ना चार, प्रसूति ‘वेटिङ’ १५, प्रसूति ‘एक्टिभ’ पाँच, ‘लेबर’ तीन र ‘बर्थिङ युनिट’ पाँच शय्या रहेका छन्।

वरिष्ठ प्रसूति रोग विशेषज्ञ सहप्राध्यापक डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जनाको प्रसूति गराउने गरिएको छ। सुत्केरी हुनुअघि औषधि चलाउँदा शय्यामा राखेर मात्र चलाउने गरिएको छ। त्यसअघि पालो कुर्नका लागि भुइँमा ‘म्याट्रेस’मा राख्न बाध्य भएको उनले बताएका छन्।

चितवनसहित छिमेकी जिल्लाका प्रसूति सेवा लिनेहरूको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गर्दछ। अनुभवी नर्सिङ सेवासँगै विज्ञ चिकित्सक र बाल सघन उपचार कक्ष भएकाले प्रसूति गराउनेहरूको रोजाइ भरतपुर अस्पताल हुने गरेको छ।

अस्पतालका प्रवक्तासमेत रहेका डा सापकोटाले भने, ‘अन्य मौसममा प्रसूति गराउन आउनेको सङ्ख्या कम हुने भएकाले सहजै शय्या पाउने भए पनि यो समयमा गाह्रो हुने गरेको छ।’ यही समयका लागि मात्रै शय्या व्यवस्थापन गर्न कठिन हुने भएकाले गर्भवतीले सहज सुविधा पाउन गाह्रो भएको उनले बताएका छन्।

उनका अनुसार असोज, कात्तिक महिनामा दसैँ र तिहार जस्ता पर्व मनाउन घरबाहिर रहेकाहरू घरमा आउने गर्दछन्। सोही समयमा गर्भ बसेकाहरूको यो समयमा प्रसूति हुने गर्दछ। सोही कारणले यो समयमा प्रसूति गराउनेहरूको सङ्ख्या बढेको हुन सक्ने जनाइएको छ।

अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र २९ जना नर्सिङ सेवाका तालिम प्राप्त कर्मचारी छन्। यसका कारण सुत्केरी गराउनेहरूलाई अन्यत्रभन्दा सहज हुने गरेको उनको भनाइ छ। अस्पतालमा नै २० शय्याको बाल सघन उपचार कक्ष र चार शय्याको ‘कङ्गारु मदर केयर’ पनि रहेको छ। अस्पतालमा दक्ष ‘नर्स’ र ‘मिड वाइफ’ले मात्र नवजात शिशु निकाल्न सहयोग गर्ने पाँच शय्याको बर्थिङ युनिट छ। प्रसूति सेवामा यस अस्पताललाई प्रसूति गृहपछिको व्यवस्थित र विश्वासिलो रूपमा लिने गरिन्छ।

प्रवक्ता डा सापकोटाले गत आर्थिक वर्षमा सात हजार ८५३ जनाले अस्पतालबाट प्रसूति सेवा लिएको जानकारी दिएका छन्। उनका अनुसार तीमध्ये चार हजार २३५ जनाको सामान्य तरिकाले बच्चा निकालिएको हो भने तीन हजार ५४० जनाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो। ७० जनाको ‘भ्याकुम’ र ‘फोर्सएप’ नामक उपकरण प्रयोग गरेर शिशु झिकिएको छ।

अघिल्लो आर्थिक वर्षमा आठ हजार ४२० जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए। तीमध्ये तीन हजार ८२५ जनाको शल्यक्रिया गरेर शिशु झिकिएको हो भने चार हजार ४०८ जनाको सामान्य तरिकाले बच्चा निकालिएको हो। १८७ जना आमाको उपकरण प्रयोग गरी सुत्केरी गराइएको थियो। गत वर्ष ४५ प्रतिशतको शल्यक्रिया गर्नुपरेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत ४५ दशमलव चार रहेको थियो। जटिल प्रकृतिका केससमेत धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उनको भनाइ छ।

प्रकाशित: २०८३ साउन १८ गते सोमबार ११:१२
प्रतिक्रिया

थप समाचार

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ । बुधबार बसेको प्रदेश...

वीर अस्पतालमा अनधिकृत छाया निर्देशकको आतंक! प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी

काठमाडौँ: देशकै प्राचीन र विराट वीर अस्पतालमा अनधिकृत छाया निर्देशको आतंक फैलिएको भन्दै प्रधानमन्त्री कार्यालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छन्। डा. दीपक कुमार मिश्रले...

सरकारी अस्पतालमा सेवा लिनै सास्ती! अस्पतालमा बिरामीको भीड [तस्बिर]

पछिल्लो समय सरकारी अस्पतालमा सेवा लिनै सेवाग्राहीले सास्ती बेहोरिरहेका छन्। यही समस्या चितवनको भरतपुर अस्पतालमा पनि देखिएको छ। चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द...

नर्भिकको क्षमता विस्तारमा सवा ३ अर्ब लगानी: माघदेखि २७५ शय्या सञ्चालनमा, आईपीओको तयारी

गत वर्षको अप्रिलमा सम्पन्न गर्ने लक्ष्य थियो। २०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण गरिरहेको छ। हस्पिटलको क्षमता बढेपछि २७५ पुग्ने छ। हाल ११६ बेड सञ्चालनमा छ। १५९ बेड थप्न लागेको हस्पिटलले...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना