२०८३ कार्तिक १२ गते बुधबार

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ गाडी सार्वजनिक हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २०
web

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो आकर्षणबीच आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा नयाँ प्रविधि र उत्पादनको दबदबा देखिने भएको छ।

एक्स्पोमा सहभागी ५५ वटा ब्रान्डमध्ये अधिकांशले विद्युतीय सवारी तथा भविष्यका मोबिलिटी प्रविधिलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेका छन्।

नाइमा मोबिलिटी एक्स्पोका प्लानिङ कमिटी मेम्बर शिशिरकुमार मुरारकाका अनुसार यसपटकको एक्स्पोमा ५२ वटा स्टलमार्फत ५५ वटा ब्रान्ड सहभागी हुनेछन् भने करिब ४० वटा नयाँ उत्पादन सार्वजनिक हुनेछन्।

‘यो पटक नयाँ लन्चहरू नै एक्स्पोको मुख्य आकर्षण हुनेछन्। ग्राहकले नयाँ प्रविधि, नयाँ मोडल र भविष्यमा आउने सवारी प्रविधि एउटै प्लेटफर्मबाट हेर्न पाउनेछन,‘ मुरारकाले भने।

उनका अनुसार नेपालमा ईभीको बजार तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा एक्स्पोले विद्युतीय सवारी, चार्जिङ प्रविधि, नयाँ डिजाइन र स्मार्ट मोबिलिटी समाधानबारे उपभोक्तालाई जानकारी दिनेछ।

एक्स्पोमा हाल नेपालमा बिक्री भइरहेका सवारी मात्र नभई भविष्यमा बजारमा आउन सक्ने प्रविधिका मोडलसमेत प्रदर्शन गरिने भएको छ। ‘कतिपय ब्रान्डले भविष्यका प्रविधि देखाउन नयाँ अवधारणाका सवारी ल्याउँदैछन्। चीन र भारतमा विकास भइरहेका ईभी तथा अन्य प्रविधि नेपालका ग्राहकले प्रत्यक्ष हेर्न पाउनेछन,’ उनले भने।

केही ब्रान्डहरूले लेफ्ट ह्यान्ड ड्राइभका मोडलसमेत प्रदर्शन गर्ने तयारी भएको छ। यस्ता सवारीले भविष्यमा नेपालमा आउन सक्ने प्रविधिको संकेत गर्ने उनको भनाइ छ।

मुरारकाले एक्स्पोले नयाँ सवारी बिक्री मात्र नभई समग्र अटो बजारलाई चलायमान बनाउन योगदान गर्ने बताए। ‘दशैंजस्ता समयमा नेपाली उपभोक्ताले सवारी खरिद गर्ने परम्परा छ। एउटै प्लेटफर्ममा सबै ब्रान्डका अफर, प्रविधि र सुविधा बुझ्न पाउने भएकाले ग्राहकलाई निर्णय लिन सहज हुन्छ,’ उनले भने।

उनका अनुसार एक्स्पोमा बैंक, बीमा कम्पनी र एक्सचेन्ज पार्टनरसमेत सहभागी हुनेछन्। यसबाट ग्राहकले सवारी खरिदसँग सम्बन्धित फाइनान्स, बीमा र पुरानो सवारी साट्ने सुविधा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्।

कम ब्याजदरले खरिदको अवसर

हाल बैंकिङ ब्याजदर तुलनात्मक रूपमा कम रहेकाले सवारी खरिदका लागि उपयुक्त समय रहेको मुरारकाको भनाइ छ। ‘अहिले ब्याजदर सस्तो छ। ग्राहकको आर्थिक भार पनि कम हुन्छ। त्यसैले गाडी खरिदका लागि यो राम्रो समय हो,’ उनले भने।

सर्भिस र स्पेयर पाट्र्समा सुधारको प्रयास

नेपालमा ईभीको संख्या बढ्दै गएसँगै सर्भिस सेन्टर र स्पेयर पाट्र्स व्यवस्थापन चुनौतीका रूपमा देखिए पनि ब्रान्डहरूले सुधार गरिरहेको मुरारकाले बताए। उनका अनुसार सीमाक्षेत्रका सडक अवरोध, अन्तर्राष्ट्रिय आपूर्ति समस्या वा ढुवानीमा हुने ढिलाइका कारण कहिलेकाहीँ स्पेयर पाट्र्स उपलब्धतामा समस्या आउन सक्छ। तर, गाडी बिक्री गरेपछि सेवा नदिने अवस्था नरहेको उनको दाबी छ।

‘गाडी नै बनेन वा ब्रान्डले ग्राहकलाई सेवा नै दिएन भन्ने ठूलो समस्या छैन। केही अवस्थामा ढिलाइ हुन सक्छ। तर, कम्पनीहरूले सर्भिस र स्पेयर पाट्र्स सुधारमा काम गरिरहेका छन,’ उनले भने।

पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

एक्स्पोमा आगन्तुकको सहजताका लागि यस पटक पार्किङ व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। भृकुटीमण्डपको विपरीततर्फ रहेको ब्लु प्याभिलियनलाई एक्स्पो अवधिभर पार्किङ स्थलका रूपमा प्रयोग गरिने मुरारकाले जानकारी दिए।

त्यस्तै, डिजिटल टिकटको व्यवस्था गरिएको छ। खल्ती बाई आईएमईमार्फत टिकट खरिद गर्न सकिने र युनियन पेको भुक्तानीमा क्यासब्याक तथा विद्यार्थीका लागि छुटको व्यवस्था रहेको उनले बताए।

नाइमा मोबिलिटी एक्स्पो केवल सवारी प्रदर्शनी नभई नेपालमा भित्रिँदै गरेको नयाँ अटो प्रविधि र भविष्यको मोबिलिटीबारे जानकारी दिने महत्वपूर्ण प्लेटफर्म बन्ने उनको जानकारी दिए।

 

प्रकाशित: २०८३ साउन २० गते बुधबार ०८:१९
प्रतिक्रिया

थप समाचार

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

काठमाडौँ: रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको...

भोटेकोशी बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा

काठमाडौँ: भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले संकलन थालेको छ। बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना