२०८३ साउन २७ गते बुधबार

भारुको अवमूल्यन हुँदा डलरसँग नेपाली रुपैयाँ ९.८ प्रतिशत कमजोर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २४
usd

काठमाडौँ: अमेरिकी डलरको भाउ निरन्तर बढ्दा नेपाली रुपैयाँ (नेरु) निरन्तर कमजोर हुँदै गएको छ। गत आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) अमेरिकी डलरसँग नेपाली रुपैयाँ ९.८ प्रतिशत कमजोर भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३ प्रतिशत मात्र अवमूल्यन भएको थियो। गत जेठमा डलर एकको खरिद विनिमय दर १५१.८८ रुपैयाँ पुगेको छ। २०८२ असारमा उक्त विनिमय दर १३७ रुपैयाँ थियो। आजको दिनमा डलरको भाउ १५२.६४ रुपैयाँ कायम छ।

भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर बन्दा यसको असर नेपाली रुपैयाँमा परेको हो। एक डलरबराबर ९६ भारुसम्म पुगेको छ। डलरसँग भारु झण्डै १० प्रतिशत कमजोर बनेको छ।

नेपाली रुपैयाँको भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुसँग स्थिर विनियमदर कायम भएकाले सोही आधारमा मूल्य निर्धारण हुने गरेको छ। डलरसँग नेपाली रुपैयाँ बलियो वा कमजोर हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ।

भारुसँगको स्थिर विनिमयदरमा पुनरावलोकन गर्नुपर्ने कुरा उठेको छ। डलर सञ्चिती कम भएपछि विदेशी लगानी तानेर बढाउन भारतीय बैंकहरूले डलरमा दिने ब्याजदर बढाएर सात प्रतिशतसम्म पुर्याएका छन्।

पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालको संयोजकत्वको उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले २०८१ चैत अन्तिममा बुझाएको प्रतिवेदनले भारुसँगको स्थिर विनिमयदरमा पुनरावलोकन गर्न सुझाएको छ।

अमेरिकाको भन्सारदर बढाएर विश्व अर्थतन्त्र खलबल्याउँदा यसको असर बेलायत, जर्मनी, जापान, चीन र अष्ट्रेलियालगायत अतिविकशित र भारतजस्ता उदीयमान मुलुकहरूमा परेको छ। डलरसँग भारुका साथै युरो र युआनलगायत विश्वका प्रमुख मुद्राहरू कमजोर बनेका छन्।

विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा २०८२ जेठ मसान्तमा प्रति आउन्स सुनको मूल्य ३४ सय ३५.३५ डलर रहेकोमा २०८३ जेठमा २१.८५ प्रतिशत वृद्धि भई ४१ सय ८५.९५ डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ।

डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ। यतिबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउने छन्।

यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ। विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ। डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर सिर्जना हुन्छ।

यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुने गरेको छ। डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ। आयात गरिने वस्तु महँगो हुन जान्छ। यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ।

अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ। डलरका कारण सरकारलाई वर्षेनी अर्बैं रुपैयाँ दायित्व थपिएको छ। आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिने भएकोे छ। विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ। लाभांश लैजानेलाई फाइदा हुनेछ।

विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने गरेको छ।

यता गत वर्षको तुलनामा मुलुकको कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) आकार बढ्यो। प्रतिव्यक्ति आम्दानी तीन डलर घटेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा उल्लेख छ।

गत वर्ष कार्यालयले प्रतिव्यक्ति आम्दानी १५ सय १६ डलर अनुमान थियो। तर, चालू आर्थिक वर्षमा तीन डलर घटेर १५ सय १३ मा झरेको कार्यालयको तथ्यांक छ। जीडीपी बढेको अवस्थामा प्रतिव्यक्ति आम्दानी घट्नुमा डलरको मूल्यवृद्धि मुख्य कारण रहेको छ।

प्रकाशित: २०८३ साउन २४ गते आईतबार ०५:५७
प्रतिक्रिया

थप समाचार

बलियो वृद्धिका बाबजुद विश्वको चौथो ठूला अर्थतन्त्र भारत कसरी झर्यो छैठौं स्थानमा?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२५/०२६ मा भारतको कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) ३९ खर्ब २० अर्ब डलर रहने उल्लेख गरेको...

सहकारीलाई बागमती प्रदेशको नयाँ निर्देशन: डिजिटल नियमनमा जोड, अटेर गरे कारबाही

काठमाडौँ: बागमती प्रदेश सरकारले आफ्नो नियमन क्षेत्रभित्र रहेका सहकारी संघसंस्थाहरूको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन नयाँ निर्देशन जारी गरेको छ। बागमती प्रदेशको आन्तरिक...

निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रहः ‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्’

उनले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने स्पष्ट पार्दै लगानी, उत्पादन, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउने सरकारको प्राथमिकता रहेको बताए।

विदेशी लगानी भित्र्याउन २० ठूला बहुराष्ट्रिय कम्पनीसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा नेपाली प्रतिनिधिको सहभागिता रहनेछ ।

२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

काठमाडौँः आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
mof_building
आर्थिक नीति

शिक्षा र स्वास्थ्य कर हटाउँदा ४ अर्ब ५८ करोड राजस्व खाडल, अर्थले कहाँबाट पूरा गर्ला?

चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाएपछि राजस्वमा सरकारलाई दबाब पर्ने देखिएको छ।
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना