२०८३ साउन २७ गते बुधबार

निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रहः ‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
9d4b2107-1abf-4220-894a-bd7646ededc2

काठमाडौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीलाई थप लगानी गर्न र भएका उद्योग विस्तार गर्न आग्रह गरेका छन्।

नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको बताएका हुन्।

उनले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने स्पष्ट पार्दै लगानी, उत्पादन, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउने सरकारको प्राथमिकता रहेको बताए।

‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भएका उद्योग विस्तार गर्नुहोस्, नयाँ उत्पादनमा प्रवेश गर्नुहोस्, नयाँ प्रविधि भित्र्याउनुहोस् र नयाँ रोजगारी सिर्जना गर्नुहोस्,’ अर्थमन्त्री वाग्लेले भने।

उनका अनुसार उद्योगले कमाएको नाफा पुनःलगानी हुँदा उत्पादन बढ्ने, उत्पादन बढेपछि रोजगारी सिर्जना हुने, रोजगारीबाट आम्दानी र बजार विस्तार हुने तथा अन्ततः त्यसबाट राज्यको राजस्वसमेत बढ्नेछ।

लगानीको सुरक्षा सरकारको दायित्व

अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए।

लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको, कर प्रणाली पूर्वानुमेय रहेको र राज्य निजी क्षेत्रको साझेदारका रूपमा उभिएको विश्वास गर्नुपर्ने उनको भनाइ छ।

‘विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन। विश्वास निर्माण नगरी उद्योग विस्तार हुँदैन। विश्वास निर्माण नगरी आर्थिक रूपान्तरण सम्भव हुँदैन,’ उनले भने।

निजी क्षेत्रसँग समस्या र समाधानबारे सुझाव माग

अर्थमन्त्री वाग्लेले व्यवसाय विस्तारमा देखिएका मुख्य अवरोधबारे बहुराष्ट्रिय कम्पनीबाट स्पष्ट सुझावसमेत मागेका छन्।

उनले कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था तथा सरकारी प्रक्रियामध्ये तत्काल सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न आग्रह गरे।

त्यस्तै, सरकारले आगामी छ महिनाभित्र गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण पाँच निर्णयबारे समेत निजी क्षेत्रसँग सुझाव मागिएको छ।

वाग्लेले बैठकमा सुझाव संकलन गरेर मात्र नरोकिने भन्दै समाधानको कार्यसूची बनाएर कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए।

समस्या समाधान नभएसम्म संवाद जारी रहने

छलफलमा उठेका विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने अर्थमन्त्रीले बताए। अर्थ मन्त्रालयले प्रतिक्रिया कक्षमार्फत विषयहरूको निरन्तर अनुगमन गर्ने र समस्या समाधान नभएसम्म निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने उनको भनाइ छ।

यसअघि अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायी तथा बैंकिङ क्षेत्रका प्रतिनिधिसँग बजेट कार्यान्वयन, लगानी विस्तार र आर्थिक गतिविधि बढाउने विषयमा छलफल गर्दै आएका छन्।

अर्थमन्त्रीले करदातालाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने सरकारको नीति रहेको समेत बताए।

उनले नेपाललाई लगानीमैत्री, व्यवसायमैत्री र उत्पादनमुखी अर्थतन्त्र बनाउने अभियानमा सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दशकलाई ठूलो लगानी, उत्पादन र रोजगारीको दशक बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २०८३ साउन २५ गते सोमबार ०२:३१
प्रतिक्रिया

थप समाचार

बलियो वृद्धिका बाबजुद विश्वको चौथो ठूला अर्थतन्त्र भारत कसरी झर्यो छैठौं स्थानमा?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२५/०२६ मा भारतको कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) ३९ खर्ब २० अर्ब डलर रहने उल्लेख गरेको...

सहकारीलाई बागमती प्रदेशको नयाँ निर्देशन: डिजिटल नियमनमा जोड, अटेर गरे कारबाही

काठमाडौँ: बागमती प्रदेश सरकारले आफ्नो नियमन क्षेत्रभित्र रहेका सहकारी संघसंस्थाहरूको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन नयाँ निर्देशन जारी गरेको छ। बागमती प्रदेशको आन्तरिक...

विदेशी लगानी भित्र्याउन २० ठूला बहुराष्ट्रिय कम्पनीसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा नेपाली प्रतिनिधिको सहभागिता रहनेछ ।

भारुको अवमूल्यन हुँदा डलरसँग नेपाली रुपैयाँ ९.८ प्रतिशत कमजोर

भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर बन्दा यसको असर नेपाली रुपैयाँमा परेको हो। एक डलर बराबर ९६ भारुसम्म पुगेको छ। डलरसँग भारु झण्डै १० प्रतिशत कमजोर बनेको छ।

२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

काठमाडौँः आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
mof_building
आर्थिक नीति

शिक्षा र स्वास्थ्य कर हटाउँदा ४ अर्ब ५८ करोड राजस्व खाडल, अर्थले कहाँबाट पूरा गर्ला?

चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाएपछि राजस्वमा सरकारलाई दबाब पर्ने देखिएको छ।
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना