२०८३ कार्तिक ११ गते मङ्गलबार

वाणिज्य बैंकहरूको रेटिङः स्ट्यान्डर्ड चार्टर्ड र नबिल बलियो, अन्यको अवस्था कस्तो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
Banijya_BAnk_nepal

काठमाडौँ: क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले लिमिटेडले वाणिज्य बैंकहरूको पछिल्लो पाँच वर्ष (आर्थिक वर्ष २०७९ देखि २०८३) सम्मको शाख निर्धारण (क्रेडिट रेटिङ) सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटा बैंकको इक्रा नेपालबाट अद्यावधिक रेटिङ कायम रहेको छ। बाँकी बैंकहरूको रेटिङ अन्य एजेन्सीबाट गरिएको अथवा यस सूचीमा समावेश नगरिएको जनाइएको छ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आर्थिक वर्ष २०७९ देखि २०८३ सम्म गरेको साख मूल्याङ्कनअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंक लगातार उच्च स्थानमा रहँदा केही बैंक तुलनात्मक रूपमा तल्लो स्थानमा छन्।

पछिल्लो पाँच वर्षको विवरणमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लगातार उच्चतम ‘त्रिपल ए’ साख मूल्याङ्कनमा रहेको छ। यस्तो मूल्याङ्कनले बैंकको कर्जा जोखिम अत्यन्त न्यून रहेको र वित्तीय दायित्व पूरा गर्ने क्षमता बलियो रहेको संकेत गर्छ।

त्यस्तै, नेपाल एसबीआई बैंक पछिल्ला तीन वर्षदेखि दोस्रो उच्च ‘डबल ए’ श्रेणीमा स्थिर रहेको छ।

‘ए’ श्रेणीमा नबिल र नेपाल बैंक

इक्राको अद्यावधिक सूचीमा रहेका बैंकमध्ये नबिल बैंक र नेपाल बैंक ‘ए’ श्रेणीमा रहेका छन्।

त्यस्तै, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनएमबी बैंक ‘ए माइनस’ श्रेणीमा रहेका छन्।

त्यस्तै, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंक ‘बीबीबी प्लस’ श्रेणीमा रहेका छन्। सिटिजन्स बैंक र लक्ष्मी सनराइज बैंक भने ‘बीबीबी’ श्रेणीमा छन्।

यसले यी बैंकहरूको साख उच्च श्रेणीका बैंकको तुलनामा केही कमजोर रहेको देखाउँछ।

कुमारी र प्रभु ‘बीबी प्लस’मा

इक्रा नेपालको विवरणअनुसार कुमारी बैंक र प्रभु बैंक ‘डबल बी प्लस’ श्रेणीमा रहेका छन्। यो श्रेणीमा रहेका बैंकको साख उच्च श्रेणीमा रहेका बैंकको तुलनामा तुलनात्मक रूपमा बढी जोखिमयुक्त मानिन्छ।

पछिल्लो पाँच वर्षको विवरण हेर्दा केही बैंकको साख मूल्याङ्कनमा परिवर्तन भएको छ भने केही बैंकले मूल्याङ्कन फिर्ता गराएका छन्।

इक्रा नेपालका अनुसार एभरेष्ट बैंक, सानिमा बैंक र कृषि विकास बैंकले साख मूल्याङ्कन फिर्ता गराएका छन्। त्यसैले यी बैंकलाई इक्राको हालको अद्यावधिक सूचीमा रहेका बैंकसँग प्रत्यक्ष तुलना गर्न मिल्दैन।

बैंकहरूको साखमा दबाब किन?

इक्रा नेपालको विश्लेषणअनुसार पछिल्लो समय बैंकिङ क्षेत्रका ऋणीमा तरलताको दबाब, कर्जा विस्तारमा सुस्तता र सम्पत्तिको गुणस्तरमा देखिएको चुनौतीले बैंकहरूको साखमा प्रभाव पारिरहेको छ।

घट्दो माग, आम्दानीमा आएको कमी र ऋणको बोझ घटाउनुपर्ने दबाबले ऋणीको कर्जा भुक्तानी क्षमतामा असर पार्न सक्छ। कार्यशील पुँजीसम्बन्धी मार्गदर्शनको कार्यान्वयनले पनि कतिपय ऋणीलाई कर्जा घटाउनुपर्ने अवस्था सिर्जना गरेको इक्राको विश्लेषण छ।

यद्यपि, बैंकिङ प्रणालीमा हाल तरलताको अवस्था सहज रहेको र पछिल्लो समय नयाँ जोखिम थपिने गति केही कम हुँदै जाने अपेक्षा गरिएको छ।

यसरी हेर्दा इक्राको पछिल्लो मूल्याङ्कनमा स्ट्यान्डर्ड चार्टर्ड बैंक सबैभन्दा उच्च साखमा रहेको छ भने कुमारी र प्रभु बैंक तुलनात्मक रूपमा तल्लो श्रेणीमा छन्। तर, बैंकको समग्र वित्तीय अवस्था मूल्याङ्कन गर्दा साख मूल्याङ्कनसँगै खराब कर्जा, पुँजी पर्याप्तता, नाफा, तरलता र कर्जा गुणस्तरजस्ता अन्य सूचकसमेत हेर्न आवश्यक हुन्छ।

प्रकाशित: २०८३ साउन २५ गते सोमबार ०१:३२
प्रतिक्रिया

थप समाचार

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको ४९४औँ बैठकले प्रतिसेयर...

बैंकको खराब कर्जा बढ्दा शेयरधनीलाई कस्तो असर पर्छ? यस्तो छ बैंकको अवस्था

बैंकले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज समयमै असूल हुन नसक्दा खराब कर्जा बढ्छ। यस्तो अवस्था लामो समयसम्म कायम रहेमा बैंकको नाफा, लाभांश क्षमता र सेयरधनीले पाउने प्रतिफलमा असर पर्न सक्छ।

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना