२०८३ साउन २७ गते बुधबार

वाणिज्य बैंकहरूको रेटिङः स्ट्यान्डर्ड चार्टर्ड र नबिल बलियो, अन्यको अवस्था कस्तो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
Banijya_BAnk_nepal

काठमाडौँ: क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले लिमिटेडले वाणिज्य बैंकहरूको पछिल्लो पाँच वर्ष (आर्थिक वर्ष २०७९ देखि २०८३) सम्मको शाख निर्धारण (क्रेडिट रेटिङ) सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटा बैंकको इक्रा नेपालबाट अद्यावधिक रेटिङ कायम रहेको छ। बाँकी बैंकहरूको रेटिङ अन्य एजेन्सीबाट गरिएको अथवा यस सूचीमा समावेश नगरिएको जनाइएको छ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आर्थिक वर्ष २०७९ देखि २०८३ सम्म गरेको साख मूल्याङ्कनअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंक लगातार उच्च स्थानमा रहँदा केही बैंक तुलनात्मक रूपमा तल्लो स्थानमा छन्।

पछिल्लो पाँच वर्षको विवरणमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लगातार उच्चतम ‘त्रिपल ए’ साख मूल्याङ्कनमा रहेको छ। यस्तो मूल्याङ्कनले बैंकको कर्जा जोखिम अत्यन्त न्यून रहेको र वित्तीय दायित्व पूरा गर्ने क्षमता बलियो रहेको संकेत गर्छ।

त्यस्तै, नेपाल एसबीआई बैंक पछिल्ला तीन वर्षदेखि दोस्रो उच्च ‘डबल ए’ श्रेणीमा स्थिर रहेको छ।

‘ए’ श्रेणीमा नबिल र नेपाल बैंक

इक्राको अद्यावधिक सूचीमा रहेका बैंकमध्ये नबिल बैंक र नेपाल बैंक ‘ए’ श्रेणीमा रहेका छन्।

त्यस्तै, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनएमबी बैंक ‘ए माइनस’ श्रेणीमा रहेका छन्।

त्यस्तै, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंक ‘बीबीबी प्लस’ श्रेणीमा रहेका छन्। सिटिजन्स बैंक र लक्ष्मी सनराइज बैंक भने ‘बीबीबी’ श्रेणीमा छन्।

यसले यी बैंकहरूको साख उच्च श्रेणीका बैंकको तुलनामा केही कमजोर रहेको देखाउँछ।

कुमारी र प्रभु ‘बीबी प्लस’मा

इक्रा नेपालको विवरणअनुसार कुमारी बैंक र प्रभु बैंक ‘डबल बी प्लस’ श्रेणीमा रहेका छन्। यो श्रेणीमा रहेका बैंकको साख उच्च श्रेणीमा रहेका बैंकको तुलनामा तुलनात्मक रूपमा बढी जोखिमयुक्त मानिन्छ।

पछिल्लो पाँच वर्षको विवरण हेर्दा केही बैंकको साख मूल्याङ्कनमा परिवर्तन भएको छ भने केही बैंकले मूल्याङ्कन फिर्ता गराएका छन्।

इक्रा नेपालका अनुसार एभरेष्ट बैंक, सानिमा बैंक र कृषि विकास बैंकले साख मूल्याङ्कन फिर्ता गराएका छन्। त्यसैले यी बैंकलाई इक्राको हालको अद्यावधिक सूचीमा रहेका बैंकसँग प्रत्यक्ष तुलना गर्न मिल्दैन।

बैंकहरूको साखमा दबाब किन?

इक्रा नेपालको विश्लेषणअनुसार पछिल्लो समय बैंकिङ क्षेत्रका ऋणीमा तरलताको दबाब, कर्जा विस्तारमा सुस्तता र सम्पत्तिको गुणस्तरमा देखिएको चुनौतीले बैंकहरूको साखमा प्रभाव पारिरहेको छ।

घट्दो माग, आम्दानीमा आएको कमी र ऋणको बोझ घटाउनुपर्ने दबाबले ऋणीको कर्जा भुक्तानी क्षमतामा असर पार्न सक्छ। कार्यशील पुँजीसम्बन्धी मार्गदर्शनको कार्यान्वयनले पनि कतिपय ऋणीलाई कर्जा घटाउनुपर्ने अवस्था सिर्जना गरेको इक्राको विश्लेषण छ।

यद्यपि, बैंकिङ प्रणालीमा हाल तरलताको अवस्था सहज रहेको र पछिल्लो समय नयाँ जोखिम थपिने गति केही कम हुँदै जाने अपेक्षा गरिएको छ।

यसरी हेर्दा इक्राको पछिल्लो मूल्याङ्कनमा स्ट्यान्डर्ड चार्टर्ड बैंक सबैभन्दा उच्च साखमा रहेको छ भने कुमारी र प्रभु बैंक तुलनात्मक रूपमा तल्लो श्रेणीमा छन्। तर, बैंकको समग्र वित्तीय अवस्था मूल्याङ्कन गर्दा साख मूल्याङ्कनसँगै खराब कर्जा, पुँजी पर्याप्तता, नाफा, तरलता र कर्जा गुणस्तरजस्ता अन्य सूचकसमेत हेर्न आवश्यक हुन्छ।

प्रकाशित: २०८३ साउन २५ गते सोमबार ०१:३२
प्रतिक्रिया

थप समाचार

कुमारी बैंकको नाफा ३०६ प्रतिशतले बढेर पुग्यो सात अर्ब ३८ करोड

काठमाडौँः कुमारी बैंकको गत आर्थिक वर्ष २०८२/०८३ मा खुदनाफामा उछाल आएको छ। गत आर्थिक वर्षमा बैंकको खुदनाफा ३०६ प्रतिशत बढेर ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्ष...

मुगुको सीवाईसी लघुवित्तको सवा १ करोड हिनामिना, कर्मचारीले व्यक्तिगत खाताबाट झिकेको आरोप

काठमाडौँ: खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा कार्यरत कर्मचारीहरूले बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी करीब १ करोड ३० लाख...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा...

ठूला ऋणी नै समस्यामा परेपछि बैंकको कर्जा विस्तार संकटमा, लगानीयोग्य १४ खर्ब रकम थुप्रियो

साख मूल्यांकन गरिएका ऋणीमध्ये करिब ७७ प्रतिशत गैर–लगानीयोग्य श्रेणीमा पुगेका छन्। अर्थात्, इक्राबाट मूल्यांकन गरिएका ठूला तथा मध्यम ऋणीमध्ये करिब २३ प्रतिशत मात्र तुलनात्मक रूपमा लगानीयोग्य...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना