२०८३ साउन २७ गते बुधबार

माउन्टेन इनर्जीको नाफामा उछाल, २९ प्रतिशत बढेर पुग्यो ८० करोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
mountain

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ मा नाफा र आम्दानी दुवै बढाएको छ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २९.०९ प्रतिशत बढेर ७९ करोड ७० लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६१ करोड ७४ लाख रुपैयाँ थियो। यस वर्ष कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १७ करोड ९६ लाख रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

कम्पनीको आम्दानी पनि १७.३१ प्रतिशत बढेको छ। आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीले बिजुली बेचेर १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ थियो।

६५ मेगावाटको दूधखोला आयोजनालाई जुट्यो लगानी, एनएमबी बैंकको अगुवाईमा १० अर्ब ऋण

माउन्टेन इनर्जीको नाफा बढ्नुमा नेपाल विद्युत् प्राधिकरणसँगको विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धी विवादमा भएको प्रगतिले पनि भूमिका खेलेको छ।

विद्युत् विवाद समाधानका लागि गठित निकाय र उच्च अदालत पाटनबाट कम्पनीको पक्षमा फैसला भएपछि विद्युत् प्राधिकरणले २९ करोड ३० लाख ९० हजार रुपैयाँ अदालतमा जम्मा गरिसकेको कम्पनीले जनाएको छ।

कम्पनीले प्राधिकरणबाट अझै ९३ करोड २५ लाख ७० हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्न बाँकी रहेको जनाएको छ। उक्त रकमसम्बन्धी प्रक्रिया ललितपुर जिल्ला अदालतमा अघि बढिरहेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा रहेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७८ पैसा छ।

रिपोर्टिङ अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम ६७३ रुपैयाँसम्म पुगेको थियो भने अन्तिम कारोबार मूल्य ५६९ रुपैयाँ थियो। मूल्य आम्दानी अनुपात २२.२९ गुणा रहेको कम्पनीले जनाएको छ।

दुई आयोजना नियमित सञ्चालनमा

माउन्टेन इनर्जीका ५ मेगावाटको तादीखोला र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना नियमित रूपमा सञ्चालनमा छन्।

कम्पनीका अनुसार मिस्त्रीखोला आयोजना हाल कर छुटको सुविधामा रहेको छ। यसले पनि कम्पनीको नाफामा सकारात्मक प्रभाव पारेको छ।

कम्पनीको सञ्चित कोष तथा जगेडा रकम १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। कम्पनीको ऋण तथा सापटी पनि क्रमशः घट्दै गएको वित्तीय विवरणमा देखिएको छ।

कम्पनीको गैरचालू दायित्वअन्तर्गतको ऋण अघिल्लो वर्ष २ अर्ब ६९ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२०८३ मा घटेर २ अर्ब २३ करोड रुपैयाँमा झरेको छ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड र रिर्जभमा १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

ऋण घट्दै जाँदा कम्पनीको वित्तीय लागत घटाउन र नाफा बढाउन सहयोग पुगेको देखिन्छ। ऋण व्यवस्थापनमा सुधारसँगै कम्पनीको वित्तीय अवस्था थप बलियो बन्दै गएको कम्पनीको वित्तीय विवरणले देखाएको छ।

कम्पनीले आयोजना सञ्चालन तथा ऋणको किस्ता भुक्तानी नियमित रूपमा भइरहेको जनाएको छ।

 

प्रकाशित: २०८३ साउन २६ गते मङ्गलबार ०६:२४
प्रतिक्रिया

थप समाचार

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

यती डिष्टिलरीले १ वर्षमा बेच्यो पौने ६ अर्बको रक्सी

मध्यम अवधिमा नाफाको मार्जिन र राजस्व वृद्धिदरमा खासै परिवर्तन नआउने तथा लाभांश वितरण दर करिब ६० देखि ६५ प्रतिशतन रहने अनुमान गरिएको छ।

सानिगाड हाइड्रोको नाफामा उछाल, बढेर पुग्यो साढे २६ करोड

काठमाडौं। सानिगाड हाइड्रो लिमिटेडले वित्तीय खर्चमा उल्लेख्य कमी ल्याउन सफल भएपछि गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा करिब चार गुणाले बढेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय...

जगदम्बा स्टिलको ५० अर्बको कारोबार २६ अर्बमा खुम्चियो, भारत निर्यात रोकिएपछि प्रभावित

व्यापार र नाफा दुवै ओरालो, तैपनि प्रिमियममा आईपीओ ल्याउँदै जगदम्बा स्टिल।

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ: ग्यास उद्योग संघ

काठमाडौँ: नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ। भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
mof_building
आर्थिक नीति

शिक्षा र स्वास्थ्य कर हटाउँदा ४ अर्ब ५८ करोड राजस्व खाडल, अर्थले कहाँबाट पूरा गर्ला?

चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाएपछि राजस्वमा सरकारलाई दबाब पर्ने देखिएको छ।
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना