२०८३ साउन २७ गते बुधबार

सानिगाड हाइड्रोको नाफामा उछाल, बढेर पुग्यो साढे २६ करोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
sanigad_hydro

काठमाडौं। सानिगाड हाइड्रो लिमिटेडले वित्तीय खर्चमा उल्लेख्य कमी ल्याउन सफल भएपछि गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा करिब चार गुणाले बढेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३९०.१५ प्रतिशत वृद्धि भई २६ करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

नाफा वृद्धिको प्रमुख कारण कम्पनीको वित्तीय खर्चमा आएको उल्लेख्य गिरावट देखिएको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म ५७ करोड ५१ लाख रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा अवधिमा घटेर ४० करोड ४७ लाख रुपैयाँमा झरेको छ। अर्थात् कम्पनीले एक वर्षमै करिब १७ करोड रुपैयाँ वित्तीय खर्च बचत गर्न सफल भएको छ।

विद्युत् बिक्रीबाट प्राप्त आम्दानी पनि सामान्य रूपमा बढेको छ। कम्पनीको विद्युत् बिक्री आम्दानी ३.६९ प्रतिशत वृद्धि भई १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। साथै अन्य आम्दानीतर्फ १ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ।

कम्पनीले सञ्चालन खर्च नियन्त्रणमा समेत प्रगति देखाएको छ। अघिल्लो आवमा २ करोड ५१ लाख रुपैयाँ रहेको अन्य सञ्चालन खर्च घटेर २ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ। नाफा बढेसँगै कम्पनीको सञ्चित नाफा पनि बलियो बनेको छ। अघिल्लो वर्ष ९ करोड १२ लाख रुपैयाँ रहेको रिजर्भ बढेर ३३ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

२ अर्ब ८५ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.७२ रुपैयाँबाट बढेर ९.३३ रुपैयाँ पुगेको छ। त्यस्तै प्रतिसेयर नेटवर्थ १०४.५७ रुपैयाँबाट बढेर १११.८० रुपैयाँ पुगेको छ।

वित्तीय खर्च घट्दै जाँदा र विद्युत् बिक्री आम्दानी स्थिर रूपमा बढिरहँदा कम्पनीको वित्तीय अवस्था थप सुदृढ बन्दै गएको संकेत देखिएको छ। विशेषगरी ऋणको लागत घटेको प्रभाव प्रत्यक्ष रूपमा नाफा र प्रतिशेयर आम्दानीमा देखिएको विश्लेषण गरिएको छ।

 

प्रकाशित: २०८३ साउन २६ गते मङ्गलबार १०:१७
प्रतिक्रिया

थप समाचार

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

यती डिष्टिलरीले १ वर्षमा बेच्यो पौने ६ अर्बको रक्सी

मध्यम अवधिमा नाफाको मार्जिन र राजस्व वृद्धिदरमा खासै परिवर्तन नआउने तथा लाभांश वितरण दर करिब ६० देखि ६५ प्रतिशतन रहने अनुमान गरिएको छ।

जगदम्बा स्टिलको ५० अर्बको कारोबार २६ अर्बमा खुम्चियो, भारत निर्यात रोकिएपछि प्रभावित

व्यापार र नाफा दुवै ओरालो, तैपनि प्रिमियममा आईपीओ ल्याउँदै जगदम्बा स्टिल।

माउन्टेन इनर्जीको नाफामा उछाल, २९ प्रतिशत बढेर पुग्यो ८० करोड

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ मा नाफा र आम्दानी दुवै बढाएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ: ग्यास उद्योग संघ

काठमाडौँ: नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ। भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
mof_building
आर्थिक नीति

शिक्षा र स्वास्थ्य कर हटाउँदा ४ अर्ब ५८ करोड राजस्व खाडल, अर्थले कहाँबाट पूरा गर्ला?

चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाएपछि राजस्वमा सरकारलाई दबाब पर्ने देखिएको छ।
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना