काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड धरौटी माग गरेको छ। न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धिकरण मुद्धामा धरौटी माग गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतमा मंगलबार भएको थुनछेक बहसपछि करोड धरौटी माग भएको हो। उनी मंगलबार अदालत उपस्थित भएका थिए। त्यसअघि बकपत्र गराइएको थियो।
यसअघि गोल्छासँग जिल्ला अदालत काठमाडौंले पनि बीमा सम्बन्धित कसुरमा ७५ लाख रुपैयाँ र धितो पत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।भट्टमाथि २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ।
शुलभ अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १ सय २४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी छ।
उनीसहित विशेष अदालतमा ३४ जना विरुद्ध जेठ २८ गते मुद्दा दायर भएको थियो।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर गरिएको मुद्दामा मु गोल्छासहित अन्य व्यक्तिहरू तथा कम्पनीहरूलाई समेटिएको थियो। भट्ट र अग्रवाल भने हाल पूर्पक्षको लागि थुनामा रहेका छन्।
गोल्छाले हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको अध्यक्ष हुँदा रकम शेयर मार्फत गैरकानुनी तवरमा चलाएको भन्दै मुद्दा दायर गरेको थियो।
