काठमाडौँः साताको तेस्रो कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज परिसूचक नेप्से ०.५५ अंकले बढेर २ हजार ६४२ विन्दुमा बन्द भएको हो ।
आज कारोबार रकम भने घटेको हो। यस दिन ८७ लाख १ हजार सेयर खरिद बिक्रि हुँदा ३ अर्ब ५३ करोडको कारोबार भएको छ ।
आज १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको सेयरमूल्य घटेको छ । साथै, ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
यस दिन माउन्ट एभरेष्ट पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज सबैभन्दा बढी कारोबार एनआरएन इन्फाइस्ट्रक्चर कम्पनीको भएको छ । उक्त कम्पनीको मात्र ३१ करोड ६० लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
