२०८३ भदौ ३० गते मङ्गलबार

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २८
erc

काठमाडौं। विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले थप प्रक्रिया अघि बढाएको छ।

आयोगले खुला पहुँचसम्बन्धी थप दुई निर्देशिकाको मस्यौदा सरोकारवाला तथा सर्वसाधारणको राय, सुझाव र टिप्पणीका लागि सार्वजनिक गरेको हो।

आयोगको २०८३ साल साउन २२ गते बसेको ३१४औँ बैठकले ‘खुला पहुँचसम्बन्धी गुनासो समाधान निर्देशिका, २०८३’ र ‘ब्यालेन्सिङ तथा सेटलमेन्टसम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार नेपालको विद्युत् क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउँदै उपभोक्ताले गुणस्तरीय, भरपर्दो, सुरक्षित तथा सर्वसुलभ रूपमा विद्युत् उपयोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले खुला पहुँचसम्बन्धी व्यवस्था अघि बढाइएको हो।

गत पुसमा आयोगले ‘विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२’ जारी गरिसकेको थियो। उक्त निर्देशिकालाई पूर्ण रूपमा कार्यान्वयनमा लैजान आवश्यक सम्बद्ध निर्देशिकामध्ये दुईवटाको मस्यौदा अहिले सार्वजनिक गरिएको आयोगले जनाएको छ।

सार्वजनिक गरिएको खुला पहुँचसम्बन्धी गुनासो समाधान निर्देशिका, २०८३ ले खुला पहुँचका सम्बन्धमा उत्पन्न हुने गुनासो तथा विवादलाई छिटो, निष्पक्ष, पारदर्शी र प्रभावकारी रूपमा समाधान गर्ने प्रक्रिया निर्धारण गरेको छ।

निर्देशिकामा गुनासो समाधान समितिमार्फत प्रारम्भिक तहका गुनासो तथा विवाद समाधान गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। समितिले गरेको निर्णयमा चित्त नबुझेमा आयोगमार्फत विवाद निरूपण गर्न सकिने व्यवस्था पनि मस्यौदामा राखिएको छ।

त्यस्तै, ब्यालेन्सिङ तथा सेटलमेन्टसम्बन्धी निर्देशिका, २०८३ ले प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच प्रदान तथा उपयोगसँग सम्बन्धित कारोबारलाई व्यवस्थित, पारदर्शी, अनुमानयोग्य र समयबद्ध बनाउने मार्गदर्शन दिने आयोगले जनाएको छ।

मस्यौदाअनुसार खुला पहुँचमार्फत हुने कारोबारलाई दुई भागमा विभाजन गरी व्यवस्थापन गरिनेछ। नियमित कारोबारलाई एक महिनाको कार्यतालिकामार्फत व्यवस्थापन गर्ने र डेभिएसन शुल्कसम्बन्धी कारोबारलाई साप्ताहिक कार्यतालिकामार्फत व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ।

खुला पहुँचअन्तर्गत हुने सम्पूर्ण कारोबार विद्युतीय प्रणाली अर्थात् सफ्टवेयरमार्फत सञ्चालन गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

आयोगले खुला पहुँच कार्यान्वयनका लागि आवश्यक अन्य व्यवस्था पनि क्रमिक रूपमा अघि बढाउने जनाएको छ।

निकट भविष्यमा खुला पहुँचका लागि आवश्यक प्रसारण शुल्क निर्धारण, डेभिएसन सेटलमेन्ट संयन्त्र, मिटरिङ, ग्रिड आबद्धता (कनेक्टिभिटी) लगायतका निर्देशिकाका मस्यौदा पनि सरोकारवाला तथा सर्वसाधारणको राय, सुझाव र टिप्पणीका लागि सार्वजनिक गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।

आयोगका अनुसार सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणले सार्वजनिक गरिएका मस्यौदा निर्देशिकामा आफ्नो राय, सुझाव तथा टिप्पणी लिखित रूपमा आयोगको कार्यालय, सानो गौचरण, काठमाडौंको इमेलमार्फत पठाउन सक्नेछन्।

यी निर्देशिकाहरू विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२ को दफा ५१ अन्तर्गतका सम्बद्ध निर्देशिका हुन्। ती विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ४३ अन्तर्गत जारी हुने आयोगले जनाएको छ।

विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा १४ ले आयोगलाई विद्युत् क्षेत्रमा प्रतिस्पर्धा कायम गर्ने तथा उपभोक्ताको हित संरक्षण गर्ने जिम्मेवारी दिएको छ। यही व्यवस्थाअनुसार विद्युत् प्रणालीमा खुला पहुँचका लागि आवश्यक व्यवस्था अघि बढाइएको आयोगको भनाइ छ।

हाल खुला पहुँचको प्रभावकारी व्यवस्था नहुँदा नेपाल विद्युत् प्राधिकरणले विद्युत् बजारको ठूलो हिस्सा तथा बजारसम्बन्धी जोखिम एक्लै वहन गर्नुपर्ने अवस्था रहेको आयोगको बुझाइ छ।

खुला पहुँचसम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएपछि विद्युत् प्राधिकरणको प्रसारण तथा वितरण प्रणाली प्रयोग गरी अन्य व्यक्ति, संस्था तथा ग्राहकले समेत तोकिएको व्यवस्था र शुल्कअनुसार विद्युत् खरिद तथा बिक्री गर्न सक्नेछन्।

यसबाट विद्युत् उत्पादन तथा खपत गर्ने व्यक्ति वा संस्थाले विद्युत् आपूर्तिका लागि विद्युत् प्राधिकरणमा मात्र निर्भर रहनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ ।

आयोगले खुला पहुँच कार्यान्वयनले विद्युत् बजारमा प्रतिस्पर्धा बढाउनुका साथै बजारको जोखिम घटाउने, विद्युत् कारोबारलाई थप पारदर्शी र अनुमानयोग्य बनाउने तथा भरपर्दो विद्युत् बजार निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छ।

प्रकाशित: २०८३ साउन २८ गते बिहिबार ०७:५६
प्रतिक्रिया

थप समाचार

बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालनमा ल्याउँछौँ: पूर्वाधारमन्त्री लम्साल

काठमाडौँ: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने बताएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएकोमा...

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई २ अर्ब जरिवाना

झापा: सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) कम्पनीलाई जरिवाना...

कालिका कालिगण्डकी अर्धजलासय आयोजनाको क्षमता बढेर पुग्यो ४७.७ मेगावाट

मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको क्षमता बढाएर ४७.७ मेगावाट पुर्याएको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो।

कैलाली पुगेर चन्द्र ढकालले भने: विपत्तिबीच निर्माण रोक्नु हुँदैन

काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार...

नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

काठमाडौँ: नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ। मिलेनियम...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना