२०८३ कार्तिक १९ गते बुधबार

माछापुच्छ्रे बैंकले कमायो २ अर्ब बढी नाफा, लाभांश क्षमता ७.५१ प्रतिशत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
machhapuchchhre_bank1682229900

काठमाडौँः माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ थियो। यससँगै बैंकको खुद नाफा १२.२४ प्रतिशतले बढेको हो।

वित्तिय विवरण अनुसार बैंकको लाभांश क्षमता ७.५१ प्रतिशत रहेको छ। बैंकको वितरणयोग्य नाफा ९३ करोड ६३ लाख रुपैयाँबाट बढेर ९८ करोड १९ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, बैंकले गत आर्थिक वर्षमा जारी गरेको ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांशका लागि ७ करोड ५५ लाख रुपैयाँ छुट्याएपछि बैंकको साधारण सेयरधनीका लागि लाभांश क्षमता ७.५१ प्रतिशत कायम भएको हो।

बैंकको खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी, नेट ट्रेडिङ आम्दानी र अन्य सञ्चालन आम्दानीमा वृद्धि भएको छ। यसले कर्जा नोक्सानी व्यवस्थापन करिब दोब्बर भए पनि बैंकको खुद नाफा बढाउन सहयोग गरेको देखिन्छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २८ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुगेको छ। नेट ट्रेडिङ आम्दानी पनि ३३ करोड २२ लाख रुपैयाँबाट बढेर ४८ करोड ११ लाख रुपैयाँ पुगेको छ।

यी सूचकमा भएको वृद्धिसँगै बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ४४ करोड ७ लाख रुपैयाँबाट बढेर ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) सामान्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षमा ३.९६ प्रतिशत रहेको एनपीएल बढेर ३.९८ प्रतिशत पुगेको छ।

त्यस्तै, बैंकको कर्जा नोक्सानी व्यवस्था ५५ करोड ६७ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ। यसले सञ्चालन आम्दानीमा भएको वृद्धिको तुलनामा खुद नाफा अपेक्षाकृत कम दरले बढ्नुको प्रमुख कारण बनेको छ।

१२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा १५ रुपैयाँ ८९ पैसा रहेको ईपीएस बढेर १७ रुपैयाँ ८९ पैसा पुगेको छ।

बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा रहेको छ भने जगेडा तथा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ।

बैंकको निक्षेप संकलनमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ रहेको कुल निक्षेप बढेर २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको कर्जा लगानी पनि १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ।

प्रकाशित: २०८३ साउन २९ गते शुक्रबार १२:२५
प्रतिक्रिया

थप समाचार

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...

राष्ट्र बैंकको कारबाहीमा पर्यो हिमालयन बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको छ। राष्ट्र बैंकको...

एनआईसी एशिया बैंकले हकप्रद निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति

काठमाडौँः एनआईसी एशिया बैंकले विद्यमान सेयरधनीलाई लक्षित गर्दै ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति पाएसँगै...

तिहारका लागि दुई दिन बबरमहलबाट सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँः तिहारको अवसर पारेर नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। सीमित मौज्दातमा दुई दिन मात्रै बिक्री खुला गरिने भएकाले सुनचाँदीका...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना