२०८३ कार्तिक १८ गते मङ्गलबार

वर्षाका कारण बुलेट उद्योगसम्म पुग्न ढिलो हुन सक्छ, नभए ग्यासको समस्या छैन: मन्त्रालय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
netra_subedi

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम तथा ग्यास उद्योग संघको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको आपूर्ति बढिरहेको भन्दै अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेका हुन्।

उनले नेपालको संविधानको धारा ४४ ले उपभोक्ताको हक सुनिश्चित गरेको उल्लेख गर्दै गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सरकार, निजी क्षेत्र तथा सामाजिक संघसंस्था आ–आफ्नो क्षेत्रबाट काम गरिरहेको बताए।

‘साविकको तुलनामा ग्यास आपूर्ति बढेको छ। आपूर्तिमा समस्या छैन। केही समय वर्षाका कारण बुलेट उद्योगसम्म पुग्न ढिलो हुन सक्छ, नभए समस्या छैन। आफूलाई हाल चाहिने मात्रामा मात्रै खरिद गरौँ, पछि नपाइएला कि भन्ने चिन्ताबाट मुक्त बनौँ,’ उनले भने।

प्रवक्ता सुवेदीका अनुसार नेपाल आयल निगमले ७.१ केजी क्षमताको सिलिन्डरबाट पुनः १४.२ केजीको पूर्ण सिलिन्डरमा ग्यास वितरण गर्ने निर्णय गरेपछि बजारमा एकैपटक माग बढेको हो।

उनले विगतमा पनि ७.१ केजीको सिलिन्डर प्रयोगको अभ्यास गरिएको र त्यसपछि १४.२ केजीको सिलिन्डरमा फर्किँदा तत्कालीन समयमा बजारमा ठूलो असहजता नदेखिएको बताए। तर यसपटक पूर्ण सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताको माग एकैपटक बढ्दा बजारमा चाप परेको उनको भनाइ छ।

सुवेदीका अनुसार देशभर हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको छ भने दैनिक फिलिङ क्षमता करिब १ लाख ७५ हजार सिलिन्डर रहेको छ।

साउन १ देखि २९ गतेसम्म २ हजार ७८१ बुलेट ग्यास आयात भएको मन्त्रालयको तथ्यांक छ। सामान्य अवस्थामा दैनिक औसत १ लाख १० हजार सिलिन्डर बजारमा जाने गरेकोमा पछिल्लो अवधिमा दैनिक औसत करिब १ लाख ३२ हजार सिलिन्डर बजारीकरण भइरहेको मन्त्रालयले जनाएको छ।

साउन २६ गते मात्रै १३४ बुलेट ग्यास आयात भएको र शुक्रबार पनि १०० भन्दा बढी बुलेट आयात हुने अनुमान गरिएको सुवेदीले जानकारी दिए।

‘बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरोकारवालासँग आवश्यक समन्वय गरिरहेको छ। पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई समेत निरन्तरता दिइएको छ,’ उनले भने।

उनका अनुसार हाल नियमित रूपमा मासिक करिब ४९ हजार ५०० मेट्रिक टन एलपी ग्यास आपूर्ति भइरहेको छ। आगामी तीन महिनाका लागि आपूर्ति बढाएर ६० हजार मेट्रिक टन पु¥याउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग अनुरोध गरिएको छ।

माग बढेपछि ग्यास वितरणमा देखिएका समस्या समाधान गर्न मन्त्रालय, नेपाल आयल निगम र ग्यास उद्योग संघका प्रतिनिधि सहभागी रहेको गुनासो समाधान टोलीसमेत गठन गरिएको सुवेदीले बताए।

उक्त टोलीले साउन २० गतेदेखि काम सुरु गरेको हो। साउन २८ गतेसम्म ३ हजार ४४४ वटा गुनासो सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ। साउन २६ गते सबैभन्दा बढी ६०३ वटा गुनासो प्राप्त भएकोमा साउन २८ गतेसम्म आइपुग्दा गुनासोको संख्या करिब ४१ प्रतिशतले घटेर ३७० मा झरेको उनले जानकारी दिए।

एलपी ग्यास सिलिन्डरको वितरण प्रणालीलाई व्यवस्थित बनाउन सिलिन्डर ट्र्याकिङ प्रणाली विकासको कामसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ।

संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिको निर्देशनअनुसार नेपाल आयल निगमको इन्जिनियरिङ, परियोजना तथा सूचना प्रविधि विभागले सिलिन्डर ट्र्याकिङका लागि प्राविधिक कामलाई तीव्रता दिएको छ।

मन्त्रालयले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ।

सुवेदीले मन्त्रालय दण्डात्मक औंजार प्रयोग गर्न नचाहेको भए पनि जानाजान गलत मनसाय राखेर व्यवसाय वा कारोबार गर्नेहरूलाई निरुत्साहित गरिने बताए।

प्रकाशित: २०८३ साउन २९ गते शुक्रबार ०५:१८
प्रतिक्रिया

थप समाचार

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना