२०८३ कार्तिक १८ गते मङ्गलबार

कोहिनूरले पनि ल्यायो एएमओ सुविधा, अब बजार बन्दपछि पनि अर्डर राख्न सकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
kohinoor

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्टर मार्केट अर्डर (एएमओ) को व्यवस्था गरेसँगै ब्रोकर कम्पनीहरूले उक्त सुविधा आफ्ना लगानीकर्तामाझ उपलब्ध गराउन थालेका छन्। यसैक्रममा ब्रोकर नम्बर ३५ कोहिनूरले पनि आफ्नो टीएमएसमा आफ्टर मार्केट अर्डर (एएमओ) सुविधा सञ्चालनमा ल्याएको छ।

नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ जारी गर्दै आफ्टर मार्केट अर्डरको व्यवस्था गरेको थियो। उक्त संशोधित विनियमावली २०८३ वैशाख ७ गतेदेखि लागू भएको हो।

संशोधित विनियमावलीले नियमित कारोबार समयअघि वा पछि पनि लगानीकर्ताले ब्रोकर कम्पनीको प्रणालीमार्फत सेयर खरिद तथा बिक्रीको अर्डर राख्न सक्ने व्यवस्था गरेको छ। यही व्यवस्थाअनुसार ब्रोकर कम्पनीहरूले एएमओ सुविधा आफ्ना टीएमएसमा थप्न थालेका हुन्।

कोहिनूर सेक्युरिटिजले एएमओका लागि बेलुका ५ बजेदेखि अर्को दिन बिहान १० बजेसम्मको समय तोकेको छ।

यस अवधिमा लगानीकर्ताले कोहिनूरको टीएमएसमा लगइन गरी ‘टीएमएसमा आफ्टर मार्केट अर्डर (एएमओ)’ विकल्पमार्फत सेयर खरिद वा बिक्रीको अर्डर राख्न सक्नेछन्।

राखिएको अर्डर भने तत्काल कारोबार हुने होइन। उक्त अर्डर अर्को नियमित कारोबार सत्रमा बजार खुलेपछि प्रचलित नियमअनुसार प्रक्रियामा जानेछ।

एएमओ भनेको के हो?

आफ्टर मार्केट अर्डर भनेको नियमित सेयर कारोबारको समय सकिएपछि अर्को कारोबार दिनका लागि अग्रिम रूपमा खरिद वा बिक्रीको अर्डर राख्ने सुविधा हो।

यसअघि बजार बन्द भएपछि लगानीकर्ताले अर्को दिन बजार नखुलेसम्म टीएमएसमा खरिद–बिक्रीको अर्डर राख्न पाउँदैनथे। अब एएमओ सुविधामार्फत बजार बन्द भएको समयमा नै अर्को कारोबार दिनका लागि अर्डर तयार गर्न सकिने भएको छ।

उदाहरणका लागि, कुनै लगानीकर्ताले बेलुका बजार बन्द भएपछि भोलिपल्ट कुनै कम्पनीको सेयर खरिद गर्ने योजना बनाएमा उसले बजार खुल्ने समय कुर्नुपर्दैन। एएमओ खुला रहेको समयमा नै आवश्यक विवरण राखेर अर्डर तयार गर्न सक्छ। यो व्यवस्था विशेष गरि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि लक्षित गरिएर ल्याईएको हो ।

कारोबारको समय भने बढेको होइन

एएमओ सुविधा आए पनि यसलाई नियमित सेयर कारोबारको समय बढेको भनेर बुझ्न भने मिल्दैन। यो मूलतः अर्को कारोबार सत्रका लागि अर्डर पहिल्यै राख्ने व्यवस्था हो।

यसले नियमित कारोबार समयमा व्यस्त हुने लगानीकर्तालाई आफ्नो सुविधाअनुसार अर्डर राख्न सहज बनाउनेछ। साथै, बजार खुल्नुअघि नै आफ्नो खरिद वा बिक्रीसम्बन्धी योजना प्रणालीमा राख्न सकिने भएकाले कारोबार प्रक्रियामा थप लचकता आउने अपेक्षा गरिएको छ।

ब्रोकरको टीएमएसमा थपिँदै एएमओ

नेप्सेको संशोधित विनियमावलीपछि एएमओ सुविधा कार्यान्वयनमा आए पनि यसको प्रयोग ब्रोकर कम्पनीको प्रणालीअनुसार हुने भएकाले लगानीकर्ताले आफ्नो ब्रोकरको टीएमएसमा सुविधा उपलब्ध भए÷नभएको हेर्नुपर्ने हुन्छ।

कोहिनूरले भने आफ्ना ग्राहकका लागि एएमओ सुविधा सञ्चालनमा ल्याइसकेको जनाएको छ।

प्रकाशित: २०८३ साउन २९ गते शुक्रबार ०६:२३
प्रतिक्रिया

थप समाचार

सामान्य अंकले बढ्यो नेप्से, ग्लोबल आइएमई बैंकको कारोबार उच्च

काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ६.६२ अंकले बढेर २ हजार ६६४.१३ विन्दुमा पुगेको छ। नेप्से परिसूचक बढे पनि यस दिन सेयर कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार...

नेप्सेमा करेक्सन जारी, कारोबार रकम पनि घट्यो

काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबारदेखि सुरु भएको बजारको करेक्सनले आइतबार पनि निरन्तरता पाएको हो। नेप्सेसँगै यस दिन कारोबार...

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना