२०८३ कार्तिक १२ गते बुधबार

नाइमा एक्स्पोमा जगदम्बा मोटर्सका इलेक्ट्रिक भ्यानमा आकर्षण, बुकिङ धमाधम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३०
ev_van

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा जगदम्बा मोटर्सले ११, १२, १४ र १६ सिट क्षमताका चारवटा विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ।

कम्पनीका अनुसार नयाँ मोडलप्रति अवलोकनकर्ताको आकर्षण बढ्दै गएको र एक्स्पोको तेस्रो दिनसम्म १४ वटा बुकिङ भइसकेको छ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा जगदम्बा मोटर्सको बोर्ड डिभिजनका निश्चल घिमिरले एक्स्पोमा फरक–फरक क्षमता र विशेषताका चारवटा गाडी प्रदर्शनमा राखेको जानकारी दिए।

उनले भने, ‘हामीले यस नाडामा ११, १२, १४ र १६ सिटे गरी जम्मा चार वटा गाडी प्रस्तुत गरेका छौँ। हाम्रो ११ सिटेमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स छ। सिट इन्डिभिजुअल छ, सिट बेल्ट पाइन्छ र अगाडिपट्टिको ड्यासबोर्ड पनि एकदम राम्रो छ।अहिलेसम्म १४ वटा बुकिङ भइसकेको छ।’

कम्पनीले प्रस्तुत गरेका गाडीमध्ये ११ सिटे गाडीको मूल्य ४८ लाख ९० हजार रुपैयाँ, १२ सिटेको ४९ लाख ९० हजार, १४ सिटेको ५९ लाख ९० हजार र १६ सिटेको ६८ लाख ५० हजार रुपैयाँ तोकिएको घिमिरेले जानकारी दिए।

गाडीअनुसार ब्याट्री र मोटरको क्षमता फरक–फरक रहेको उनले बताए। उनका अनुसार केही मोडलमा ५३ किलोवाट आवर र अर्कोमा ४१.८६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ।

चार्जिङका विषयमा घिमिरेले फास्ट चार्जिङबाट करिब ४५ मिनेटमा र सामान्य चार्जिङबाट करिब पाँच घण्टामा गाडी चार्ज गर्न सकिने बताए।

नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर गाडीमा उच्च ग्राउन्ड क्लियरेन्स दिइएको कम्पनीले जनाएको छ। विशेषगरी खाल्डाखुल्डी तथा असहज सडकमा सहज सञ्चालनका लागि १८० एमएम ग्राउन्ड क्लियरेन्स उपयोगी हुने घिमिरेको भनाइ छ।

उनले भने,‘खाल्डाखुल्डीकै लागि भनेर उच्च ग्राउन्ड क्लियरेन्स, १८० एमएमको ग्राउन्ड क्लियरेन्स गाडीमा राखेका छौँ। यसले गर्दा खाल्डाखुल्डीमा गाडीमा केही असर पर्दैन,’ उनले भने।

एक्स्पोमा ग्राहकको सहभागिता उत्साहजनक रहेको पनि घिमिरेले बताए। कम्पनीले बिक्रीपछिको सेवाका लागि भक्तपुरको राधेराधेस्थित भाटभटेनीको अगाडि बृहत सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

एक्स्पोमा विशेष छुट तथा अफरसमेत उपलब्ध रहेको भन्दै घिमिरेले ग्राहकलाई जगदम्बा मोटर्सको हल डी, स्टल नम्बर १६ मा पुगेर गाडीको मूल्य, सुविधा तथा अफरबारे जानकारी लिन आग्रह गरे।

प्रकाशित: २०८३ साउन ३० गते शनिवार ०३:१५
प्रतिक्रिया

थप समाचार

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

काठमाडौँ: रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको...

भोटेकोशी बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा

काठमाडौँ: भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले संकलन थालेको छ। बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना