२०८३ कार्तिक १२ गते बुधबार

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज चार स्मार्टफोन, मूल्य १०९९ देखि १८९९ डलरसम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३१
google_phone

काठमाडौं। सर्च इन्जिन तथा प्रविधि कम्पनी गुगल इंकले नयाँ स्मार्टफोन ल्याएको छ। गुगलले नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको हो। कम्पनीले पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र फोल्डेबल फोन पिक्सेल ११ प्रो फोल्ड गरी चार मोडल सार्वजनिक गरेको छ।

नयाँ सिरिजका सबै स्मार्टफोनमा गुगलको नयाँ टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ। साथै, आईपी ६८ रेटिङ, थप क्षमतायुक्त जेमिनी एआई र अपग्रेड गरिएको ५एक्स टेलिफोटो क्यामेरा दिइएको छ।

डिजाइनका हिसाबले पिक्सेल ११ सिरिज अघिल्लो पिक्सेल १० भन्दा धेरै फरक छैन। यद्यपि गुगलले नयाँ सिरिजमा फ्रस्ट, हिबिस्कस पिंक, पिस्ताचियो ग्रीन र अब्सिडियन ब्ल्याकलगायत नयाँ रङ थपेको छ।

पिक्सेल ११ मा क्यामेरामा ठूलो सुधार

पिक्सेल ११ मा क्यामेरा प्रणालीमा उल्लेख्य सुधार गरिएको छ। यसको क्यामेरा बम्प अघिल्लो पिक्सेल १० को तुलनामा ४० प्रतिशतभन्दा बढी पातलो बनाइएको छ। फोनको पछाडिको भागमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रावाइड र १०.८ मेगापिक्सेलको ५एक्स टेलिफोटो क्यामेरा रहेको छ। अगाडि १०.५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ।

गुगलका अनुसार ४८ मेगापिक्सेलको मुख्य क्यामेराले अघिल्लो मोडलको तुलनामा ५६ प्रतिशत बढी प्रकाश ग्रहण गर्न सक्छ। ५एक्स टेलिफोटो क्यामेराबाट ३० एक्ससम्म सुपर जुम गर्न सकिने कम्पनीले जनाएको छ।

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

पिक्सेल ११ को ब्याट्रीले ३० घण्टाभन्दा बढी चल्ने दाबी गरिएको छ। वायरलेस चार्जिङ पनि पिक्सेल १० को तुलनामा २५ प्रतिशत छिटो हुने बताइएको छ।

पिक्सेल ११ को सुरुवाती मूल्य ८९९ अमेरिकी डलर तोकिएको छ। अघिल्लो मोडलभन्दा मूल्य १०० डलर बढे पनि नयाँ मोडलको आधारभूत भेरियन्टमै २५६ जीबी स्टोरेज र १२ जीबी र्‍याम उपलब्ध हुनेछ। फोन अगस्ट २० देखि बजारमा आउनेछ।

प्रो मोडलमा ‘हाइलाइट’ फिचर

पिक्सेल ११ प्रो र पिक्सेल ११ प्रो एक्सएलमा क्यामेरा बारमै नयाँ ‘हाइलाइट’ नामक एलईडी इन्डिकेटर राखिएको छ। यसले जेमिनी एआईसँगको अन्तरक्रिया तथा महत्वपूर्ण सम्पर्कबाट आउने कललगायतका गतिविधिको संकेत दिनेछ।

गुगलले भविष्यमा यस एलईडीलाई थप कार्यका लागि प्रयोग गर्ने जनाएको छ। बारम्बार सम्पर्कमा रहने व्यक्तिबाट आउने म्यासेजको सूचना दिनेसम्म यसको क्षमता विस्तार गरिने कम्पनीको भनाइ छ।

पिक्सेल ११ प्रोको डिस्प्ले अधिकतम ३,६०० निट्ससम्म चम्किनेछ। यसमा टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ। क्यामेरातर्फ ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ४८ मेगापिक्सेलको अल्ट्रावाइड र ४८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा दिइएको छ। टेलिफोटो क्यामेराबाट १२० एक्ससम्म प्रो जुम गर्न सकिनेछ। सेल्फीका लागि ४२ मेगापिक्सेलको क्यामेरा दिइएको छ।

गुगलद्वारा नयाँ मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक

प्रो सिरिजले ३० घण्टाभन्दा बढी ब्याट्री ब्याकअप दिने र अघिल्लो पिक्सेल १० प्रो तथा प्रो एक्सएलको तुलनामा वायरलेस चार्जिङ २९ प्रतिशतभन्दा बढी छिटो हुने गुगलले जनाएको छ।

पिक्सेल ११ प्रोको सुरुवाती मूल्य १ हजार ९९ अमेरिकी र प्रो एक्सएलको १२ सय ९९ अमेरिकी डलर तोकिएको छ। दुवैको आधारभूत भेरियन्टमा २५६ जीबी स्टोरेज र १२ जीबी र्‍याम हुनेछ। ५१२ जीबी र १ टीबी स्टोरेज भेरियन्टमा १६ जीबी र्‍याम उपलब्ध हुनेछ।

फोल्डेबल फोनमा पनि अपग्रेड

गुगलले नयाँ पिक्सेल ११ प्रो फोल्ड पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यसमा पिक्सेल सिरिजकै अहिलेसम्मकै पातलो बेजल प्रयोग गरिएको छ। पिक्सेल १० प्रो फोल्डको तुलनामा नयाँ मोडल तीन गुणा बढी टिकाउ रहेको गुगलको दाबी छ। फोनमा आईपी६८ वाटर तथा डस्ट रेजिस्टेन्स दिइएको छ । पछाडिको सामग्री पनि फुट्न निकै कठिन हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।

फोल्डको दुवै डिस्प्ले अघिल्लो पुस्ताको तुलनामा २० प्रतिशत बढी चम्किलो छन्। भित्री डिस्प्लेले ३६ सय निट्ससम्म ब्राइटनेस दिन सक्छ। यसमा पनि टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ र २४ घण्टासम्मको ब्याट्री ब्याकअप दिने दाबी गरिएको छ। क्यामेरातर्फ ४८ मेगापिक्सेल मुख्य, १०.५ मेगापिक्सेल अल्ट्रावाइड र १०।८ मेगापिक्सेल टेलिफोटो क्यामेरा रहेको छ। टेलिफोटो क्यामेराबाट ३०एक्ससम्म सुपर जुम गर्न सकिनेछ।

पिक्सेल ११ प्रो फोल्डको सुरुवाती मूल्य १८ सय ९९ अमेरिकी डलर तोकिएको छ। यसमा २५६ जीबी स्टोरेज र १६ जीबी र्‍याम हुनेछ। यो फोन ओलिभ र ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ। अघिल्लो मोडलको तुलनामा यसको मूल्य पनि १०० अमेरिकी डलरले बढाइएको छ। एएनआई

प्रकाशित: २०८३ साउन ३१ गते आईतबार १०:५४
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना