२०८३ कार्तिक १८ गते मङ्गलबार

ग्यास बिक्रेता महासंघले भन्यो: सरकार अनावश्यक प्रचारबाजीमा लाग्दा अभाव भयो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३१
gas (2)

काठमाडौँ: ग्यास बिक्रेता महासंघले सरकारकै कारण खाना पकाउने एलपी ग्यासको अभाव भएको आरोप लगाएको छ। समाधानभन्दा अनावश्यक प्रचारबाजीमा लागेका कारण देशभर ग्यासको चरम अभाव भएको महासंघको भनाइ छ।

पछिल्लो चार महिनामा करिब ६० हजार मेट्रिकटन ग्यास कम आयात गरिएकाले समस्या थपिएको दाबी महासंघले गरेको छ। ग्यास अभाव समाधानमा सरकार गम्भीर नभएको आरोप उसको छ।

एलपी ग्यास विगत ४ महिनामा करिब ६० हजार मेट्रिकटन कम आयात गरिएको, ग्यासको प्रभावकारी वितरण च्यानल विक्रेतामार्फत ग्यास बिक्री नगरी ग्यास उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले ग्यासको अभाव थप जटिल बन्दै गएको महासंघको भनाइ छ।

अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिनाले आगामी वर्षहरूमा पनि यो समस्या थप जटिल बनेर आउने निश्चित रहेको महासंघले बताएको छ।

‘बजारमा चाहिनेभन्दा बढी ८० लाख सिलिन्डर छरिएकाले आज यो स्थिति उत्पन्न भएको हो। अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिनाले आगामी वर्षहरूमा पनि यो समस्या थप जटिल बनेर आउने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रेस विज्ञप्ति

विगत मिति २०८२/११/२८ देखि देशभर खाना पकाउने ग्यासको चरम अभाव भएको सर्वविदितै छ। यति लामो समयसम्म ग्यास किन अभाव भयो भन्ने कुरामा सरकारको पटकै ध्यान पुगेको देखिन्न। विभिन्न सञ्चार माध्यममा हाम्रो महासंघ र उपभोक्तावादी संघसंस्थाबाट ग्यासको अभाव हुनुका कारणबारे स्पष्ट सत्य सार्वजनिक गर्दा पनि सरकार, नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारका विभिन्न निकायहरू समस्याको समाधानभन्दा अनावश्यक प्रचारबाजीमा लागेको कुरा विगत केही दिनयता भएका गतिविधिले पुष्टि गर्दछ।

एलपी ग्यास विगत ४ महिनामा करिब ६० हजार मेट्रिकटन कम आयात गरिएको, ग्यासको प्रभावकारी वितरण च्यानल विक्रेतामार्फत ग्यास बिक्री नगरी ग्यास उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले ग्यासको अभाव थप जटिल बन्दै गएको छ। बजारमा चाहिनेभन्दा बढी ८० लाख सिलिन्डर छरिएकाले आज यो स्थिति उत्पन्न भएको हो। अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिनाले आगामी वर्षहरूमा पनि यो समस्या थप जटिल बनेर आउने निश्चित छ।

अन्तमा सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैँ ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति ग्यास बिक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ। साथै तत्काल ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्र बन्द गरी विक्रेतामार्फत बिक्रीवितरण सहज गरी उपभोक्तालाई अनावश्यक सास्ती नदिन र वास्तविक समस्या समाधानमा केन्द्रित हुन यसै विज्ञप्तिमार्फत सरकारसँग जोडदार माग गर्दछौँ।

अध्यक्ष
ज्ञानेश्वर अर्याल

प्रकाशित: २०८३ साउन ३१ गते आईतबार ०३:४३
प्रतिक्रिया

थप समाचार

तीन महिनामा भित्रियो साढे ६४ करोडको झिलिमिली बत्ती

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली...

एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

काठमाडौँ: पश्चिम एसियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ। कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध क्रमशः प्रशोधन र ढुवानी प्रणालीसम्म...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक, नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ। पश्चिम एसियामा...

नेपालको विद्युत निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना