२०८३ कार्तिक १५ गते शनिवार

गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १
Bijuli_export

काठमाडौं। छिमेकी भारत र बंगलादेशमा विद्युत निर्यात ६८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले सीमापार विद्युत व्यापारबाट २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको छ।

आन्तरिक उत्पादन बढेपछि यसबीचमा नेपालले आयात गर्ने विद्युत परिमाण भने घटेको छ। गत आर्थिक वर्षमा १० अर्ब ५६ करोड रुपैयाँबराबरको मात्र बिजुली आयात गरेको छ। अघिल्लो वर्ष १६ अर्ब रुपैयाँ बढीको विद्युत भारतबाट आयात गरेको थियो।

गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालले कुल १ अर्ब १७ करोड १० लाख युनिट विद्युत भारतबाट आयात गरेको थियो।

विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।

भारतसँगको पावर एक्सेचन्ज मार्केटअनुसार डे अ हेड रियल टाइम मार्केटबाट मध्यम अवधिका द्विपक्षीय सम्झौता तथा नेपाल र भारत विद्युत आदानप्रदान संयन्त्रमार्फत हुँदै आएको छ।

प्राधिकरणले हरियाणाका विद्युत वितरण कम्पनीहरूलाई दुई छुट्टाछुट्टै २०० मेगावाटका सम्झौतामार्फत कुल ४०० मेगावाट विद्युत आपूर्ति गर्ने तथा नेपाल बिहार १३२ केभी प्रसारण पूर्वाधारमार्फत बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडलाई २०० मेगावाटसम्म विद्युत निर्यात गर्ने मध्यम अवधिको सम्झौता गरेको छ।

आर्थिक वर्ष २०८२/०८३ सम्म प्राधिकरणले बंगलादेशको ४० मेगावाटसहित भारततर्फ १२ सय मेगावाटसम्म विद्युत निर्यात तथा ७५० मेगावाट आयात गरेको छ।

गत जुलाईको १४ र १५ मा सम्पन्न १३ औं संयुक्त कार्यदल तथा संयुक्त निर्देशन समितिको बैठकले बुटवल गोरखपुर प्रसारण लाइनलाई ४०० केभीमा सञ्चालन नभएसम्म अन्तरिम रूपमा २२० केभीमा सञ्चालन गर्ने व्यवस्था स्वीकृत गरेको छ।

यस अवधिमा उक्त प्रसारण लाइनबाट नेपालले अधिकतम १३० मेगावाट विद्युत आयात तथा २०० मेगावाट विद्युत निर्यात गर्न सक्ने भएको छ।
यो वर्ष १६०० मेगावाट निर्यात लक्ष्य

बैठकले ढल्केबर–मुजफ्फरपुर ४०० केभी तथा ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनको संयुक्त क्षमता नेपालबाट विद्युत निर्यातका लागि १६ सय ५० मेगावाट तथा नेपालले आयातका लागि १४ सय मेगावाट कायम गर्ने निर्णय भएसँगै सीमापार विद्युत व्यापार क्षमता थप विस्तार हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित: २०८३ भदौ १ गते सोमबार ०८:११
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना