२०८३ कार्तिक १८ गते मङ्गलबार

बिजुलीमा निजी क्षेत्रको योगदान बढ्दो, २३ आयोजना सम्पन्न भई थपियो ५२९ मेगावाट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १
Rahughat

काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा ५२९ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपिएको छ। निजी लगानीका विभिन्न २३ जलविद्युत आयोजना सम्पन्न भई उक्त परिमाण बिजुली प्रणालीमा थपिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सञ्चालनमा रहेका निजी आयोजनाको संख्या २२७ पुगेको छ। निजी क्षेत्रबाट कुल जडित क्षमता ३४ सय ५९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।

गत आर्थिक वर्षमा सरकारले ९ सय मेगावाट बिजुली थपेर जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको थियो। आर्थिक वर्ष सकिँदा लक्ष्यको आधा मात्र प्रगति भएको छ।

त्यो पनि निजी क्षेत्रबाट मात्र। सरकारबाट विद्युत उत्पादन शून्य भएको छ। चालू आर्थिक वर्षमा सरकारले जलविद्युत र सोलारबाट गरी कूल १ हजार ४० मेगावाट बिजुली थप्ने योजना ल्याएको छ। यो लक्ष्य पनि निजी क्षेत्रको मात्र हो।

गत असारसम्म मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको विद्युत प्राधिकरणले जनाएको छ।

२०८३ असार १४ गते राष्ट्रको उच्चतम विद्युत माग २४ सय ७९ मेगावाट रहेको थियो। असार २२ गते प्रणालीको उच्चतम विद्युत माग ३२ सय २६ मेगावाटसम्म पुगेको प्राधिकरणले जनाएको छ। यस अवधिमा आन्तरिक विद्युत खपत ९.२७ प्रतिश वृद्धि भएको छ।

चुहावट नियन्त्रणका प्रभावकारी कार्यक्रम र प्रणालीगत सुधारबाट विद्युत चुहावट अघिल्लो आर्थिक वर्षको १२.२६ प्रतिशतबाट घटेर १२.१६ प्रतिशत कायम भएको दाबी प्राधिकरणको छ।

आर्थिक वर्ष २०८२०८३ मा प्राधिकरणका विद्युत ग्राहकको संख्या ५९ लाख २७ हजार पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८५ प्रतिशत वृद्धि हो। कुल ग्राहक संख्यामध्ये घरेलुको हिस्सा ९०.६४, औद्योगिक १.२० तथा अन्य ग्राहकहरूको हिस्सा ८.१६ प्रतिशत रहेको प्राधिकरणले जानकारी दिएको छ।

आर्थिक वर्ष २०८२०८३ मा कुल १८ अर्ब ६२ करोड ४० लाख युनिट विद्युत ऊर्जा उपलब्ध भएकोमा प्राधिकरण तथा यसका सहायक कम्पनीहरूको योगदान ३६ प्रतिशत रहेको छ।

स्वतन्त्र विद्युत उत्पादकहरूको योगदान ५८ प्रतिशत र भारतबाट आयात गरिएको विद्युतको योगदान ६ प्रतिशत छ। आन्तरिक विद्युत खपत १२ अर्ब ३७ करोड ६० लाख यनिट पुगेको छ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ प्रतिशत बढी हो। सोमध्ये घरेलु ग्राहकको हिस्सा ४२ र उद्योगको हिस्सा ३६ प्रतिशत रहेको विद्युत प्राधिकरणले जनाएको छ।

साढे छ हजार मेगावाट निर्माणाधीन

प्राधिकरणले मुलुकको समग्र ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गर्दै आएको छ।

वित्तीय व्यवस्थापन सम्पन्न भई ६ हजार ४७२ मेगावाट कुल जडित क्षमता भएका २१३ वटा आयोजना निर्माणाधीन अवस्थामा छन्। यस्तै २२ सय मेगावाटभन्दा बढीका १०५ वटा आयोजनाहरू विकासका विभिन्न चरणमा रहेका छन्।

आर्थिक वर्ष २०८२०८३ मा प्राधिकरणले ५४ वटा नयाँ विद्युत खरिद सम्झौता गरेको छ। तीमध्ये ५ वटा जलविद्युत आयोजनाहरूबाट २८.६ मेगावाट र ४९ वटा सौर्य विद्युत आयोजनाहरूबाट ६७५ मेगावाट बराबरको विद्युत खरिद सम्झौता भएको छ।

यससँगै स्वतन्त्र विद्युत उत्पादकहरूसँग प्राधिकरणले गरेको कुल विद्युत खरिद सम्झौताको संख्या ५४५ पुगेको छ।

ती आयोजनाको कुल क्षमता १२ हजार १३५ मेगावाट पुगेको छ। ऊर्जा उत्पादनमा निजी क्षेत्रको उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै प्रसारण लाइन आयोजनाको विकासमासमेत निजी क्षेत्रलाई (बूट) मोडलमा सहभागी गराउने नीति अघि बढाइएको प्राधिकरणले जनाएको छ।

यसका लागि सरकारले स्वीकृत गरेको प्रसारण आयोजना सम्बन्धी शुल्कमा आधारित प्रतिस्पर्धात्मक बोलपत्र ढाँचाअन्तर्गत चार वटा प्रसारण लाइन आयोजना निर्माणका लागि इच्छुक प्रसारण सेवा प्रदायकहरूबाट आशयपत्र प्राप्त भई मूल्यांकनको चरणमा रहेको छ।

निजी क्षेत्रबाट १३ खर्ब बढी लगानी

ऊर्जामा निजी क्षेत्रबाट १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। हालसम्म निजी क्षेत्रबाट २२७ जलविद्युत आयोजना सम्पन्न भई ३४ सय ५९ मेगावाट बिजुली उत्पादन भइसकेको छ।

यसअवधिमा अध्ययनले जलविद्युत क्षेत्रमा सरकारी क्षेत्रको लगानी १ खर्ब १ अर्ब रुपैयाँभन्दा बढी रहेको देखाएको छ। निजी क्षेत्रले प्रवद्र्धन गरेका सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनामा बैंक तथा वित्तीय संस्थाको लगानी ८ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ। निजी क्षेत्रको सेयर लगानी ४ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ।

जलविद्युत कम्पनीहरूले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) बाट १ करोड ६३ लाख जनाले सेयर प्राप्त गरिसकेका छन्। यही अवधिमा दोस्रो बजारमा १ करोड ८ लाख सेयरधनी रहेका छन्। सर्वसाधारण लगानीकर्ताबाट जलविद्युत कम्पनीहरूले ४१ अर्ब ६५ करोड रुपैयाँ संकलन गरिसकेका छन्।

प्रकाशित: २०८३ भदौ १ गते सोमबार ०९:१४
प्रतिक्रिया

थप समाचार

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना