२०८३ कार्तिक १८ गते मङ्गलबार

गोरखकाली रबर उद्योग सञ्चालन गर्न अनुगमन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १
Gorakhkaali tyre factory_NPL_PCT (14)
Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

गोरखा: लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विज्ञहरुले अनुगमन तथा अध्ययन गरेका छन्। गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटी नेतृत्वको विज्ञहरुसहितको टोलीले आज गोरखकाली रबर उद्योगको अध्ययन, भ्रमण गरेका हुन्।

गोरखा नगरपालिका–१३ मभुवामा रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विश्लेषकीय भ्रमण गरेको सांसद बुर्लाकोटीले बताए। ‘अर्थ, उद्योग र कानुन मन्त्रालयको प्रतिनिधिसहित गोरखकाली रबर उद्योगको विश्लेषकीय भ्रमण गरेका छौँ’, उनले भने, ‘रबर उद्योग सञ्चालनमा ल्याउने कानुनी सम्भावन के हुन्छ, आर्थिक सम्भावन के हुन्छ भनेर यो भ्रमण पछि छलफल हुन्छ।’

छिट्टै गोरखकाली रबर उद्योग सञ्चालन गर्न आर्थिक प्रस्तावनासमेत तयार गर्ने सांसद बुर्लाकोटीले जानकारी दिए। गोरखकाली रबर उद्योग २०४१ जेठ ३० गते चीन सरकारको सहयोगमा स्थापना भएको हो। उद्योगको शिलान्यास तत्कालीन राजा वीरेन्द्र शाहले २०४२ सालमा गरेका थिए। उद्योगले २०५० सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो।

एक समय स्वदेशी बजारको टायर तथा ट्युबको मागको ठूलो हिस्सा धान्दै आएको गोरखबाली रबर उद्योग करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको छ। उद्योगमा सरकार, नागरिक तथा विभिन्न सङ्घसंस्थाहरुको लगानी समेत रहेको थियो।

वार्षिक करिब ८८ हजार टायर उत्पादन गर्न सक्ने क्षमता विकास गरेको गोरखकाली रबर उद्योगले ट्रक, जीप, भ्यान र कारका लागि विभिन्न प्रकारका टायर उत्पादन गर्दै आएको थियो। उद्योगका उत्पादन देशका प्रमुख सहरमा रहेका डिपोमार्फत बिक्री वितरण हुन्थ्यो।

उद्योगले उत्पादन गरेका टायर भारत, बङ्गलादेश र श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकमा निर्यात गर्दै आएको थियो। कुनै समय स्वदेशी मागको ठूलो हिस्सा धान्दै आएको उद्योग २०७१ चैत २३ गतेदेखि पूर्णरुपमा बन्द भयो।

लामो समयदेखि बन्द हुँदा यसका संरचना र मेसिनरी प्रयोगविहीन अवस्थामा छन्। लामो समयदेखि बन्द रहेको उद्योगमा राज्यको ठूलो लगानी र भौतिक संरचना प्रयोगविहीन बनेका छन्।

प्रकाशित: २०८३ भदौ १ गते सोमबार १२:३१
प्रतिक्रिया

थप समाचार

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना